• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जलाई ग्रिनजोन बनाउँन मेयर सरावगीद्वरा छलफल

  • वीरगंज संजाल
  • १० भाद्र २०७७, बुधबार १९:१२
  • ३७३७

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी र नागरिक सरोकार समाज वीरगञ्ज बीच भर्चुवल छलफल सम्पन्न भएको छ ।बुधबार मिट एपमार्फत भएको भर्चुवल छलफलमा कोरोना महामारीलाई पराजित गर्न सबै मिलेर अगाडी बढ्नुको विकल्प नरहेको नागरिक सरोकार समाजका अगुवाहरुले बताएका थिए ।
    उनीहरुले अहिले संकटको अवस्थामा पनि राजनीतिक द्वेष र व्यक्तिगत रिसिवि भन्दामाथि उठेर सम्पूर्ण जिल्लावासीको हितका बारेमा सोच्न आवश्यक रहेको निष्कर्ष निकालेका थिए ।
    वक्ताहरुले कर्मचारी व्यवस्थानदेखि मृतक सङ्क्रमितहरुको शव व्यवस्थापनमा देखिएको समस्याका बारेमासमेत नगरप्रमुख सरावगीलाई जानकारी गराएका थिए । उनीहरुले निषेधाज्ञाको मोडालिटीलाई परिवर्तन गर्दै बजारलाई क्रमस आवश्यकताको आधारमा खुकुलो बनाउँदै जानुपर्ने सल्लहा समेत दिएका थिए ।
    त्यसैगरी छलफलमा खुल्ला सिमानाबाट अहिलेपनि आवत जावतको क्रम नरोकिएको विषयलाई सबैले गम्भीरताका साथ् उठाउँनका साथ् समस्यालाई जराबाट समाधान गर्न सबै स्थानीय प्रशासन, जिल्लाका सम्पूर्ण स्थानीय तह र अन्य सरोकारवाला निकायलाई एउटा साझा मञ्च निर्माण गरेर काम बाँडफाँड गर्न सुझाए दिएका थिए ।
    छलफलको सुरुवातमा नागरिक सरोकार समाजले हालसम्म गरेको गतिविधिका बारेमा लेखक एवम् उद्योगी गणेश लाठले प्रकाश पारेका थिए ।छलफलको क्रममा प्लाज्मा थेरापीबाट वीरगञ्जमा पनि छिटो भन्दा छिटो कोरोना सङ्क्रमितहरु उपचार सुरु गराउँने पहल गर्न नगरप्रमुख सरावागुलाई अनुरोध गरेका थिए ।
    जिल्लाका प्रतिष्ठित राजनीतिज्ञ, व्यातित्व, व्यवसायी, उद्योगी, सामाजिक अभियन्ता र सञ्चारकर्मीलगायत सहभागी रहेको छलफल वीरगञ्जका नगरप्रमुख सरावगीले आफु सङ्क्रमित भएको समयमा पनि जिल्लामा भइरहेको सम्पूर्ण गतिबिधिहरुका बारेमा आफु जानकारी लिएरहेको बताएका थिए ।
    उनले आफ्नो अनुपस्थितिमा कोरोना भाइरस महामारीका कारण जिल्ला र विशेषगरी वीरगञ्जमा उत्पन्न समस्याहरुको समधानका लागि विभिन्न कदम चाल्ने योजनाहरु रहेको जानकारी दिए ।
    सरावगीले सर्वप्रथम एक घर एक पिसिआर अभियान पुन: सञ्चालन गरिने बताए । उनले पिसिआर परिक्षणको दायरा बढाउँनका साथै आइसोलेशन सेन्टरहरु थपिने योजना समेत बनाएको जानकारी दिए ।
    ‘हाम्रो अहिलेपनि पहिलो प्राथमिकता एक घर एक पिसिआर परिक्षण रहेको छ, त्यसपछि हामीले बढी भन्दा बढी आइसोलेशन सेन्टरहरुको व्यवस्थापन तर्फ लागेका छौं र त्यसका लागि आवश्यक कार्य पनि भइरहेको छ,’ नगरप्रमुख सरावगीले भने, ‘अहिले हामीले आशाराम अस्पतालमा ६० शय्याको र बाबा होटलमा २ सय शय्याको आइसोलेशन सेन्टर थप्दै छौँ । त्यसपछि विभिन्न निजि विद्यालय र कलेजहरुसँग समेत आइसोलेशन स्थापनाका लागि हामीले छलफल अगाडी बढाएका छौँ ।’
    परिक्षण बढाउँनका लागि एक हफ्ता भित्र नयाँ पिसिआर मेसिन खरिद गर्ने प्रक्रिया अगाडी बढेको नगरप्रमुख सरावगीले जानकारी दिए । त्यसैगरी उनले वीरगञ्जमै पहिलो पटक गम्भीर किसिमका विरामीहरुको उपचारका लागि आइसीयु एम्बुलेन्सको व्यवस्थापन गरिएको बताए ।
    नगरप्रमुख सरावगीले महानगरको तर्फबाट राहत वितरणका लागि एक हजार थान खाद्यान्न सामग्री समेत तयार पारिएको जानाकरी दिए । आवश्यक परे महानगरको सम्पूर्ण विकास बजेटसमेत कोभिड व्यवस्थापनमा प्रयोग गर्नेगरी आफुले कार्यपालिका सदस्यहरुसँग छलफल अगाडी बढाएको बताए ।
    सामाजिक अभियन्ता ओमप्रकाश सर्राफको संयोजनमा भएको छलफलमा प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा, जनता समाजवादी पार्टीका नेता राजेशमान सिंह, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, महासचिव मादव राजपाल, पुर्व अध्यक्षद्वय गणेश लाठ र अशोक टेमानी, स्वास्थ्य मन्त्रालयको कोभिड नियन्त्रण समितिका सदस्य सञ्जय खेतान, महानगरका सञ्चार संयोजक गोविन्द देवकोटा, वरिष्ठ सञ्चारकर्मी महेश दास, सामाजिक अभियन्ता प्रकाश थारु, वृजेस्वर चौधरी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, संस्कृतीका सह-संस्थापक एवम् उपाध्यक्ष आशुकुमार सर्राफलगायतको सहभागिता रहेको थियो ।यो समाचार कालिकाटाईमसमा प्रकाशित गरिएको छ |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑