वीरगंज। नारायणी वयोधा अस्पतालका २८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्केका छन् । अस्पतालले उपलब्ध गराएका जानकारी अनुसार ७ महिलासहित २८ अस्पतालका कर्मचारी कोरोनालाई पराजित गरेर घर मंगलबार घर फर्केका हुन ।
सङ्क्रमणमुक्त भएर घर फर्किनेमा ९ जना चिकित्सक, ९ जना नर्स, ८ जना हाउस किपिंङका कर्मचारी, एक जना निलिंङ शाखाका कर्मचारी र एक जना संयोजन कर्मचारीसहित २८ जना कोरोनालाई पराजित गरेर घर फर्केको अस्पतालको गुणस्तर विभागका प्रबन्धक मिथलेश साहले जानकारी दिए ।
कोरोनालाई पराजित गर्नेमा वरिष्ठ सर्जन डा. रंजन कुमार झा र रेडियोलोगिस्ट डा. प्रदीप साहपनि रहेका छन् ।
डिस्चार्ज भएका कर्मचारीहरु मध्ये केहि अस्पतालमै बस्दै आएका थिए भने केहि होम र केहि पेड होटल आइसोलेशनमा बस्दै आएको साहले बताए । उनले अहिलेपनि २२ जना कर्मचारी सङ्क्रमित भएर आइसोलेशनमा बस्दै आएको जानए ।
सङ्क्रमणमुक्त भएका अधिक्तम व्यक्ति पर्सा जिल्लाकै रहेका छन् भने केहि बारा जिल्लाका पनि रहेको साहले बताए । उनीहरुले अझै केहि दिन घरमै बसेर स्वास्थ्य लाभ लिने उनले भने ।