• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? समग्र पछिल्लो विवरणसहित

  • वीरगंज संजाल
  • १० भाद्र २०७७, बुधबार १८:५८
  • ५९१७

    वीरगंज | नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    त्यस्तै हालसम्म कुल संक्रमितमध्ये ५६ दशमलव ६ प्रतिशत अर्थात १९ हजार ५ सय ४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप ३ सय ८५ जना कोरोना मुक्त भइ घर फर्किएका हुन् ।

    नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण थप ११ जनाको मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ३९ रहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

    आज अहिलेसम्मकै धेरै ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका २ सय ३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जना रहेका छन् । त्यस्तै हाल नेपालमा ९ हजार ८ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् ।

     

    कुन जिल्लामा कति थपिए संक्रमित ?

     

    कोरोनाको कारण थप ११ जनाको मृत्यु, मृतक संख्या १७५ पुग्यो

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ११ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा २ जना महिला र ९ जना पुरुष रहेका छन् । त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया महिला, ५३ वर्षीया महिला भक्तपुरकी रहेकी छिन् । त्यस्तै कैलालीका २ जना ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौंका ५१ वर्षीय पुरुष, बाराका ४१ र ४६ वर्षीय २ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

     

    उपत्यकामा थपिए हालसम्मकै धेरै कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जुन अहिलेसम्मकै सबैभन्दा बढी हो । जसअनुसार काठमाडौंमा २ सय ३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

     

    कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? (पछिल्लो विवरणसहित)

    नेपालमा बितेको २४ घण्टामा थप ३ सय ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १९ हजार ५ सय ४ जना रहेको छ ।

    कुल संक्रमण मध्ये ५६.६ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

    प्रदेश १ मा १३५६ जना

    प्रदेश २ मा ४३१५ जना

    वाग्मती प्रदेश ९१९ जना

    गण्डकी प्रदेशमा १६५२ जना

    प्रदेश ५ मा ४६५१ जना

    कर्णाली प्रदेशमा २०१७ जना

    सुदूरपश्चिम प्रदेशमा ४५९४ जना

     

    घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या, हाल कुन प्रदेशमा कति छन् ? (विवरणसहित)

    नेपालमा हाल कुल ९ हजार ८ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् ।

    पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेका छन् । हाल क्वारेन्टाइनमा रहेकामध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८६ रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा ५ सय १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

    कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?

    काठमाडौंसहित यी ७ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

    नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

    • पर्सा
    • महोत्तरी
    • रौतहट
    • काठमाडौं
    • सर्लाही
    • मोरङ
    • बारा

    हाल कोरोना संक्रमित नभएका यी २ जिल्ला

    नेपालको ७७ जिल्लामध्ये हाल २ जिल्लामा कोरोना संक्रमित छैनन् । २ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

    • हुम्ला
    • मुस्ताङ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑