अफगानिस्तानको दक्षिणी प्रान्त बागलानको शाह वालिकोट जिल्लामा अफगान सेनाले गरेको हावाइ कारबाहीमा परी १० जना तालिबान मारिएका छन् ।सो क्षेत्रमा लुकेर बसेका तालिबान लडाकु लक्षित सो कारबाही गएराति भएको बताइएको छ ।
अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानहरुको संगठनले बुधबार बिहान एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो । उक्त विज्ञप्तिका अनुसार सो हवाई कारबाही त्यहाँको एक धार्मिक विद्यालयमा गरिएको थियो ।
उक्त स्थानमा तालिबानहरु रहेको सूचनाको आधारमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् ।
सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाइले पनि बुधबार सो जानकारी दिए । उक्त क्षेत्रमा लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो ।
मंगलबार राति भएको यस हवाई कारबाहीमा परी १० तालिबान लडाकू मारिनुका साथै अन्य एक घाइते भएका थिए । तालिबान आतंककारी समूहले यस आक्रमणको विरोध गरेको छ । एएनआई