वीरगंज | वीरगंजस्थित दुई अस्थायी कोरोना हेल्थ केयर र गण्डक अस्पतालमा उपचाररत विभिन्न उमेर समूहका ६६ जना आज संक्रमणमुक्त भएर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आज डिस्चार्ज भएका ६६ जनासँगै पर्सामा हालसम्म ३५० जना पुरुष र ९४ जना महिला गरी कुल ४४४ जनाले कोरोना जितेका छन् ।यसैगरी, आज थप भएका १९ जना संक्रमितसँगै पर्सामा १५५९ पुरुष र ४३९ महिला गरी हालसम्मको संक्रमितको संख्या १९९८ पुगेको छ ।
यो सँगै पर्सामा सक्रिय संक्रमितको हालको संख्या १५५४ छ ।यस्तै, पर्सामा हालसम्म १८४९१ जना व्यक्तिको स्वाब संकलन गरिएकोमा अब १७५ जनाको मात्र रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
आजै मात्र १७७ जना व्यक्तिको स्वाब संकलन गरिएको प्रशासनले जनाएको छ ।हालसम्म कोभिड १९ को कारण मृत्यु भएको संख्या पर्सामा ३१ छ ।