• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लोकसेवा परीक्षा अन्यौलमा, तयारी गरिरहेका युवालाई उमेर हदबन्दीको चिन्ता

  • वीरगंज संजाल
  • १० भाद्र २०७७, बुधबार १२:०२
  • ३४१७

    वीरगंज | कोरोनाभाइरस महामारीका कारण निजामती सेवामा पदपूर्तिका लागि दरखास्त आह्वान अनिश्चित हुँदा लोकसेवा आयोगले लिने परीक्षाको अन्तिम पटक तयारी गरिरहेका युवालाई उमेर हदबन्दी लाग्ने चिन्ता बढेको छ।

    मन्त्रिपरिषद्को १४ वैशाखको बैठकले अर्काे निर्णय नभएसम्मका लागि सबै भर्ना प्रक्रिया रोक्ने निर्णय गर्‍यो। लोकसेवा आयोगले पनि आफ्ना सबै नियमित परीक्षाहरू स्थगित गर्‍यो। जसले गर्दा निजामती, सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र संस्थानहरुको रिक्त दरबन्दी पूर्ति रोकियो।

    आयोगले कोरोना कहरकैबीच ३१ असारमा आर्थिक वर्ष २०७७/७८ को परीक्षाका लागि वार्षिक कार्यतालिका सार्वजनिक ग¥यो। जसमा मंसीरदेखि नयाँ दरखास्त आह्वान अनुसार परीक्षा गर्ने उल्लेख छ। स्थगित परीक्षा गर्ने अर्को तालिका भने प्रकाशन गरेको छैन। तर, कोरोनाभाइरस संक्रमण बढ्दै गएका कारण नयाँ परीक्षाका लागि दरखास्त आह्वान हुने सम्भावना न्यून छ।

    लोकसेवाले लिने विभिन्न पदको परीक्षामा हजारौँ युवा सहभागी हुन्छन्। सबै पदका लागि उमेर हदबन्दीको नियम लागू हुन्छ। दरखास्त आह्वान ढिला हुँदा उमेर हदबन्दीकै कारण कतिपय युवा आइन्दा लोकसेवाको परीक्षा दिन अयोग्य हुनेछन्।

    निजामति सेवा तर्फ पुरुषको हकमा ३५ र महिलाको हकमा ४० वर्ष उमेर हदबन्दी छ। लोकसेवाको कार्यतालिका अनुसार मंसिरमा हुने परीक्षाका लागि दरखास्त आह्वान नै हुन सकेको छैन।

    अधिकृत पदको लागि तयारी गरिरहेका झापाका किशोरचन्द्र रेग्मी अहिले अन्यौलमा छन्। वैदेशिक रोजगारीमा लामो समय रहेका रेग्मी गएको वर्ष नेपाल आएर अधिकृतका लागि तयारी गरिरहेका थिए।

    “खै सरकारी जागिर खान जुरेको रहेनछ होला। अन्तिम पटकमा नाम निकाल्छु भन्ने आत्मविश्वासका साथ पढिरहेको थिएँ। कोरोनाले परीक्षा नै अनिश्चित भयो।”
    उनको यो वर्ष अन्तिम अवसर हो। उनी भन्छन् “पहिला वास्ता गरिएन। विदेश गईयो। अहिले सरकारी जागीरे हुनुको महत्व बुझ्दै छु। अन्तिम समयमा नाम निकालेर छोड्छु भनेर तयारी गरिरहेको थिएँ। परीक्षा नै नहुने भएपछि सपना पूरा होला जस्तो छैन।”

    दोलखाका विज्ञान पान्डे पनि अन्तिम अवसरमा अधिकृत हुने लक्ष्य लिएर पढिरहेका थिए। उनले गत वर्ष पनि परीक्षा दिएका थिए। सफल हुन सकेनन्। यो वर्ष भने जसरी पनि पास गर्ने लक्ष्यका साथ पढिरहेका उनलाई अहिलेको अवस्थाले निराश बनाएको छ। उनी भन्छन् “खै सरकारी जागिर खान जुरेको रहेनछ होला। अन्तिम पटकमा नाम निकाल्छु भन्ने आत्मविश्वासका साथ पढिरहेको थिएँ। कोरोनाले परीक्षा नै अनिश्चित भयो।”

    लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईं स्थगित भएका परीक्षा बाहेकका पदमा परीक्षा प्रक्रिया थाल्ने योजना भईरहँदा संक्रमण बढ्न थालेपछि अन्यौल भएको बताउँछिन्। दरखास्त लिइसकेका विज्ञापनमा अवस्था सामान्य भएपछि परीक्षा सञ्चालन हुने उनले बताइन्।

    उनी भन्छिन्, “अवस्था झन जटिल बन्दै गएको छ। नयाँ दरखास्त आह्वानबारे निर्णय भएको छैन। केही भन्न सकिने अवस्था पनि छैन।” निजामतितर्फ शाखा अधिकृत, नायब सुब्बा र न्यायतर्फको शाखा अधिकृतको दोस्रो चरणका परीक्षा हुन सकेको छैन।

    दरखास्त आह्वान भएर फारम बुझाएका युवाले भने अब हुने परीक्षा दिन पाउने छन्। तर, लामो समयसम्म परीक्षा अनिश्चित हुँदा मनोवैज्ञानिक रुपमा असर परेको खोटाइ घर भइ काठमाडौँमा प्रहरी सहायक निरीक्षक (असई) को परीक्षा तयारी गरिरहेका गणेश श्रेष्ठ (२४) बताउँछन्।

    दुई वर्षदेखि होस्टलमा बसेर असई तयारी गरिरहेका उनको यो अन्तिम मौका हो। असईका लागि उमेर हदबन्दी २४ वर्ष तोकिएको छ। त्यसैले उनी आफ्नो मिहिनेत खेर जाने चिन्तामा छन्।

    श्रेष्ठ भन्छन्, “फाराम भरिसकेपछि महामारी फैलियो। परीक्षा नै अनिश्चित भएपछि रहरको जागिर खान नपाउने र दुई वर्षको मिहेनत खेर जाने हो कि भन्ने तनाव छ।” असईको ५८४ वटा पदपूर्तिका लागि लोकसेवाले दरखास्त आह्वान गरेको थियो। परीक्षा दिन पाउने भनिए पनि कहिले हुने भन्ने अन्यौलले आत्मविश्वास घटेको उनी बताउँछन्।

    काठमाडौँका उद्धव जोशी (२५) पनि प्रहरी निरीक्षक (इन्स्पेक्टर) परीक्षाको तयारीमा थिए। लोकसेवाले १५० पदपुर्तिका लागि दरखास्त दिन आह्वान गरेको थियो। २५ वर्षे उमरको हदबन्दी भएको उक्त पदका लागि उनको यो अन्तिम अवसर हो।

    तर, परीक्षाको मिति नै तय नहुँदा जोशी पनि अन्यौलमा छन्। उनी भन्छन् “यो पटक जसरी पनि इन्स्पेक्टर हुने सपना थियो। कोरोनाले डामाडोल बनाउला जस्तो छ।”

    “यो वर्ष दरखास्त आह्वानका लागि ढिला हुँदा उमेर पार गर्नै लाग्नुभएका सयौं व्यक्ति मारमा पर्नुहुन्छ। तर, हामीसँग उपाय पनि छैन।”
    वातावरण सामान्य बनेपछि लोकसेवाले परीक्षा दिन पाउने जनाए पनि लामो समय अनिश्चित हुँदा पढ्ने जोश हराएको उनी बताउँछन्। “पहिले पढ्नको लागि जुन जोश, जाँगर थियो, त्यो अब छैन। कहिले सामान्य अवस्था आउने भन्ने पनि टुङ्गो छैन। म त दिक्क लागेर पढ्न छोडेको छु।”

    जोशी विद्यार्थी राजनीतिमा समेत सकृय छन्। तर, भविष्यमा के गर्ने भन्ने सोच्न सकेका छैनन्। उनी भन्छन् “इन्स्पेक्टर हुन नपाए के गर्ने भन्ने सोच्न सकेको छैन। सायद व्यापार, व्यवसाय गर्दै राजनीति गर्छु होला।”

    लोकसेवा आयोगकी प्रवक्ता हुमागाईं पनि परीक्षा हुने/नहुने अन्यौल हुँदा तयारी गरिरहेका युवा समस्यामा पर्ने बताउँछिन्। उनी भन्छिन् “यो वर्ष दरखास्त आह्वानका लागि ढिला हुँदा उमेर पार गर्नै लाग्नुभएका सयौं व्यक्ति मारमा पर्नुहुन्छ। तर, हामीसँग उपाय पनि छैन।”
    थप सामग्री : https://www.himalkhabar.com/news/117573

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑