• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना संक्रमणबाट १० दिनमा ६० जनाको मृत्यु

  • वीरगंज संजाल
  • १० भाद्र २०७७, बुधबार ०८:००
  • २३८९

    वीरगंज |कोरोना भाइरस संक्रमणबाट मृत्युदर ह्वात्तै बढेको छ। भदौका १० दिनमा ६० जनाको मृत्यु भएको छ। यस हिसाबले हेर्दा सरदर दैनिक ६ जना र प्रतिघण्टा ४ जनाको ज्यान जान थालेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार, साउनसम्म कोरोनाका कारण मृत्युदर ०.४ प्रतिशत थियो। अहिले वृद्धि भई ०.५ प्रतिशत पुगेको छ। साउन ३२ गतेसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १ सय ४ थियो। मंगलबार १ सय ६४ पुगेको छ। नेपालमा संक्रमितको पहिलो मृत्यु जेठ २ गते भएको थियो।

    मंगलबार काठमाडौंका ३ सहित ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका काठमाडौंकी ७४ र ७१ वर्षीया महिलासहित ६६ वर्षीय पुरुषको निधन भएको हो। त्यस्तै धनुषाका ७६, पर्साका ६८, रूपन्देहीका ५६ र सिरहाका २२ वर्षीय पुरुषको मृत्यु भएको छ।

    मृत्यु भएकामध्ये सबैभन्दा बढी प्रदेश २ का छन्। प्रदेश २ का हालसम्म ६८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो। वाग्मती प्रदेशमा चिनियाँ नागरिकसहित ३५ जनाको मृत्यु भएको छ। प्रदेश ५ मा २२, प्रदेश १ मा १९, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ८÷८ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जना छन्।

    हालसम्म सबैभन्दा बढी भदौ ५ गते ११ जनाको मृत्यु भएको छ। भदौ ८ गते १० जनाको ज्यान गएको छ। त्यस्तै भदौ ९ गते ७ जनाको ज्यान गएको छ। १० दिन सातायता संक्रमणदर वृद्धि हुनुका साथै मृत्युदर पनि बढेको छ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार मृत्यु हुनेमा पहिलादेखि दीर्घ समस्यासँग जुधिरहेका र औषधि सेवन गरिरहेका व्यक्ति छन्। संक्रमण ६० वर्षभन्दा कम उमेरकामा बढी भए पनि मृत्युदर भने त्यसभन्दा बढी उमेरमा बढी छ।

    त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार, कम संक्रमित भएकै उमेर समूहमा मृत्युदर बढी हुनु गम्भीर संकेत हो। ‘समुदायमा फैलँदै गएको खण्डमा मृत्युदर झन् बढ्न सक्छ’, उनले भने।

    ८५५संक्रमित थपिए

    काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको ६ दिन बित्दा संक्रमितको संख्या दिनानुदिन वृद्धि भइरहेको छ। कोरोेना संक्रमणको दर बढेर भयावह उन्मुख भएपछि निषेधाज्ञा थप गरिएको छ। मंगलबार काठमाडौंका १ सय ९९, भक्तपुरका १४ र ललितपुरका १९ गरेर उपत्यकामा २ सय ३२ सहित ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    हालसम्म संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। सोमबार उपत्यकाका २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार १४ हजार २ सय ५० जना कोरोनाका सक्रिय बिरामी छन्।

    संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ८१ जनाको उपचार भइरहेको छ। होम आइसोलेसनमा भने ५ हजार ६ सय ६९ जनाको उपचार भइरहेको छ। क्वारेन्टाइनमा १० हजार ८ सय ५३ जना छन्।

    कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ सय १३ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार सात जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन्। ती जिल्लामा मोरङ, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी र काठमाडौं छन्। मुस्ताङ र हुम्ला संक्रमणमुक्त छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑