वीरगंज | प्रदेश २ मा मंगलवार १ सय ६४ कोरोना संक्रमित थएिका छन्। जसमध्ये २६ जना महिला छन्। योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार १ सय ८१ पुगेको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा बढी सर्लाहीकामा कोरोना पुष्टि भएको छ। यस्तै धनुषाका ३८ जना, महोत्तरीका १७ जना, सिरहाका १५ जना, बाराका १७ जना र रौतहटका २६ जनामा कोरोना संक्रमण देखिएको छ।
कोरोनाको ‘हट स्पट’ पर्सामा भने मंगलबार मात्र १ जना संक्रमित थएिका छन्। धनुषाका संक्रमितमध्ये जनकपुरस्थित प्रादेशिक अस्पतालकै ५ कर्मचारी छन्।
यस्तै अस्पतालमा उपचाररत अन्य ४ विरामीमा समेत कोरोना पुष्टि भएको छ। नेपाल प्रहरी १ जना, नेपाल बैंकका १ जना, जानकी फाइनान्स वित्तिय संस्थाका ४ जना र भेटनरी हस्पिटलका १ जना कर्मचारी समेत कोरोना संक्रमित भएका छन्।
यस्तै जिल्ला प्रशासन कार्यालयका एक प्रशासकीय अधिकृतमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। तर उनलाई सामाजिक विकास मन्त्रालयको तथ्यांकमा समावेश गरिएको छैन।
उनी अहिले होम आइसोलेसनमा बसेको बताइएको छ। मन्त्रालयले सबै मृतकलाई समावेश गरेन सामाजिक विकास मन्त्रालयले पछिल्लो २४ घण्टामा २ जनाको मात्र मृत्यु भएको जनाएको छ।
मन्त्रालयले तथ्यांक अनुसार बलवा नगरपालिका ३ का ७२ वर्षीय पुरुष र लहान नगरपालिका १२ का २२ वर्षीय युवकको कोरोनाले ज्यान गएको मन्त्रालयले जनाएको छ।
यद्यपि बारामा २ पुरुष र महोत्तरीमा समेत एक पुरुषको मंगलबार मृत्यु भएको छ। तर यी दुई जनालाई तथ्यांकमा मन्त्रालयले समावेश गरेकाे छैन। योसहित यस प्रदेशमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ।