वीरगंज | पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सर्लाहीमा ५० जना, धनुषामा ३८ जना, महोत्तरीमा १७ जना,
सिरहामा १५ जना, बारामा १७ जना, रौतहटमा २६ जना र पर्सामा १ जनामा कोरोना पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार योसँगै प्रदेश २ मंगलबारसम्म कोरोना संक्रमितको संख्या ९ हजार १८१ जना पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा यस प्रदेशको विभिन्न अस्पतालबाट उपचारपश्चात ७ जना महिलासहित ५६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिए ।