वीरगंज | कोरोना महामारीको संक्रमण बढ्दै गएपछि उच्च अदालत जनकपुर तथा जिल्ला अदालत धनुषा र महोत्तरीका अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय भएको छ ।
भदौ १५ गतेसम्मका लागि उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालयकै कर्मचारीहरु नै कोरोनाबाट संक्रमित भएका कारण अत्यावश्यक सेवा बाहेक सम्पूर्ण काम कारवाही बन्द गर्ने निर्णय गरेका छन् ।
केही साता अगाडि मात्रै उच्च अदालत जनकपुरका एक न्यायाधिश र सरकारी वकिलको कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखा परेकाले गर्दा उच्च अदालत जनकपुर,
सरकारी वकिलको कार्यालय, जिल्ला अदालत धनुषा, जिल्ला अदालत महोत्तरीका पदाधिकारीहरु बिच भएको बैठकबाट कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतको कामकारबाही बन्द गर्ने
निर्णय गरिएको छ भने सो अवधिमा उच्च अदालत जनकपुर र जिल्ला अदालत महोत्तरीको हकमा थुनछेक, बन्दी प्रत्यक्षीकरण, बालबालिकाको हकमा पर्ने निवेदन, महामारी सम्बन्धी निवेदन दर्ता तथा सुनुवाई भने जारी रहने जनाइएका छन् ।