बीरगन्ज।बीरगन्जको चिकित्सक कालोबजारीमा संलग्न भए हदैसम्मको कारवाही गर्न चिकित्सक संघकाे माग गरेको छ | कोरोना विरुद्धको प्रभावकारी औषधी रेम्डेशिभिरको कालोबजारीमा चिकित्सकको संलग्नता रहेको समाचारको नेपाल चिकित्सक नारायणीले खण्डन गरेको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै चिकित्सक संघले रेम्डेशिभिरको कालोबजारीमा यस संघमा आबद्ध भएका चिकित्सहरुको संलग्नता नरहेको प्रष्ट पारेको छ ।नेपाल चिकित्सक संघ नारायणीका अध्यक्ष डा. अरुण कुमार सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा संघका आजिवन चिकित्सक सदस्यहरुको नाम जोडेर प्रकाशन भएका समाचारले संघलाई आहत भएको उल्लेख छ ।
कालोबजारीमा संलग्न रहेको भनि प्रकाशन भएका समाचारहरुको चिकित्सक संघले विज्ञप्ती मार्फत भत्र्सना गरेको हो ।
तथ्य र प्रमाणका आधारमा समाचार प्रकाशन गर्न नेपाल पत्रकार महासंघमार्फत सदस्य पत्रकारहरुलाई चिकित्सक संघले आग्रह गरेको छ ।
रेम्डेशिभिरको कालोबजारीमा यस संघमा आबद्ध चिकित्सहरुको संलग्नता पुष्टि भए हदै सम्मको कारवाही गर्न चिकित्सक संघले माग गरेको हो ।यसअघि रेम्डेशिभिरको कालोबजारी गरेको आरोपमा डा. ताहिर अन्सारीलाई प्रहरीले पक्राउ गरेको थियो ।