वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका, जगरनाथपुर गाउँपालिका र कालिकामाई गाउँपालिकामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
विभिन्न स्थानबाट संकलित स्वाबको नमूनाहरुलाई पिसिआर प्रविधिबाट नारायणी अस्पतालको ल्याबमा जाँच गर्दा मंगलबार दिउँसो १ बजे सम्म ३२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको पछिल्लो अद्यावाधिक विवरण अनुसार वीरगञ्जमा १४ जना, कालिकामाईमा १२ जना र जगरनाथपूरमा ६ जना गरी थप ३२ जनामा कोरोनाभाइरस अर्थात कोभिड-१९ सङ्क्रमण देखिएको हो । थपिएका सङ्क्रमितमा १० महिला रहेका छन् ।
वीरगञ्ज महानगरपालिकाको वडा नं. १२ मा ३ जना र वडा नं. १४ मा २ जना सङ्क्रमित थपिएका छन् भने वडा नं. ३, ४, ८, ९, १०, ११, १५, १६ र १७ मा एक/एक जना गरी १४ जना सङ्क्रमित भएका छन् ।
त्यस्तै कालिकामाई गाउँपालिकाको वडा नं. २ मा ४ जना र वडा नं. ५ मा ८ जनागरी १२ जना सङ्क्रमित थपिएका छन् । जागरनाथपूर गाउँपालिकाको वडा नं. ३ मा २ जना र वडा नं. २, ५ र ६ मा एक/एक जना गरी पाँचजना र एक जना मृतकको मिलाएर ६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।योसँगै पर्सा जिल्लामा सङ्क्रमितको संख्या १ हजार ९ सय ७८ पुगेको छ भने मृतकको संख्या ३१ पुगेको छ ।