• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रेमडेसिभिर कालोबजारीमा स्वास्थ्यकर्मी नै

  • वीरगंज संजाल
  • ९ भाद्र २०७७, मंगलवार ०७:४०
  • २५३७

    वीरगन्ज | नेपालमा कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न थालिएसँगै रेमडेसिभिर इन्जेक्सनको कालोबजारी सुरु भएको छ । भारतमा प्रतिभाइल ४ हजार ५ सय (७ हजार २ सय नेपाली रुपैयाँ) मा पाइने यो इन्जेक्सन नेपालमा ६० हजार रुपैयाँसम्ममा खरिदबिक्री हुन थालेको छ । यसको कालोबजारीमा स्वास्थ्यकर्मीहरू नै संलग्न रहेको भेटिएको छ ।

    कालोबजारियाहरूले यो इन्जेक्सनलाई भारतकै रक्सौलमा २४ हजार रुपैयाँसम्म र वारिपट्टि वीरगन्जमा ३३ देखि ४० हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् ।

    एक संक्रमितका आफन्तले साउन पहिलो साता वीरगन्जमा उक्त इन्जेक्सन प्रतिभाइल ५० हजार रुपैयाँमा खरिद गरेका थिए । सिकिस्त संक्रमितलाई चिकित्सकले ६ भाइलसम्म रेमडेसिभिर इन्जेक्सन लगाउने गरेका छन् । अहिले वीरगन्जमा संक्रमितका आफन्तले ४० हजार रुपैयाँसम्ममा खरिद गरिरहेको उक्त इन्जेक्सन काठमाडौंमा ५० देखि ६० हजार रुपैयाँसम्ममा बेच्ने गरिएको छ ।

    एम्बुलेन्स र भन्सारबाट छुटका मालवाहक सवारीमा रेमडेसिभिर राखेर काठमाडौं पठाउने गरिएको छ । सरकारले भारतबाट आयात खुला गरे पनि वीरगन्जमा रेमडेसिभिर सजिलै उपलब्ध हुन सकेको छैन ।

    जानकारका अनुसार रेमडेसिभिरको कालोबजारीमा बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, वीरगन्जका ठूला औषधि व्यवसायी र केही व्यापारी पनि संलग्न छन् । ‘सिकिस्त कोरोना संक्रमितलाई रेमडेसिभिर सिफारिस भएपछि कोरोना अस्पतालबाट परिवारलाई फोनमार्फत जानकारी गराइन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक संक्रमितका आफन्तले भने, ‘इन्जेक्सन चलाउन चाहनुहुन्छ भने सम्बन्धित मान्छेलाई भेट्नुहोला, ती मान्छेले उपलब्ध गराइदिन्छन् भन्छन् ।’

    स्वास्थ्यकर्मीले भनेको मानिसलाई सम्पर्क गर्दा प्रतिभाइलको ४० हजार रुपैयाँ पर्छ, तपाईंलाई हामीले केही कममै उपलब्ध गराउन सक्छौं भन्ने गरेको ती आफन्तले बताए ।

    ‘महामारीका बेला पैसाको मुख कसले हेर्छ ?’ उनले भने, ‘यस्तो बेला पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यो हदसम्म कालोबजारी ठीक हैन, पैसा भएर मैले पो तिर्न सकें, पैसा नहुनेले चाहिँ यति महँगोमा औषधि कसरी खरिद गर्न सक्छन् ?’

    प्रहरीले शनिबार साँझ एक निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ताहिर अन्सारीलाई ३ भाइल रेमडेसिभिरसहित वीरगन्जको नगवाबाट पक्राउ गरेको छ । ती स्वास्थ्यकर्मीको बयानका आधारमा प्रहरीले रक्सौल निवासी भारतीय नागरिक सराज अन्सारीलाई थप ६ भाइल रेमडेसिभिर इन्जेक्सनसहित पक्राउ गर्‍यो । शनिबार साँझ ५ बजे पक्राउ गरे पनि प्रहरीले अहिलेसम्म उनीहरूलाई सार्वजनिक गरेको छैन ।

    प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले पक्राउ परेका स्वास्थ्यकर्मी र भारतीय नागरिकलाई थप कारबाहीका लागि औषधि व्यवस्था विभाग पठाउने जनाए । ‘विशेष सूचनाका आधारमा ताहिरलाई तीन भाइल रेमडेसिभिरसहित पक्राउ गरिएको हो,’ पर्सा प्रहरी प्रवक्तासमेत रहेका डीएसपी कुँवरले भने, ‘ताहिरले जुन व्यक्तिसँग खरिद गरेका थिए, उनलाई पनि पक्राउ गरिएको छ ।

    ’ अनुसन्धान क्रममा रक्सौलबाट खरिद गरिएको मूल्यभन्दा कम्तीमा ४/५ हजार रुपैयाँ बढीमा बिक्री गरेको पाइएको उनले बताए । डीएसपी कुँवर ताहिरले आफन्तकै लागि एम्बुलेन्स चालक रहेका सराजसँग रक्सौलबाट मगाएको खुलेको दाबी गरे । स्रोतका अनुसार ताहिर र सराजले यसअघि धेरै भाइल रेमडेसिभिर ल्याएर महँगो मूल्यमा बिक्री गरेका छन् ।

    ‘कोरोना अस्पतालमा कति बिरामीलाई रेमडेसिभिर दिइएको छ, प्रहरीले त्यसको विवरण लिएर बिरामीका आफन्तसँग बुझोस्, कोसँग कतिमा खरिद गरिएको हो,’ स्रोतले भन्यो, ‘त्यसपछि कालोबजारीमा संलग्न धेरैको पर्दाफास हुन्छ ।’

    स्रोतका अनुसार गत साता ३५ हजार रुपैयाँ प्रतिभाइलमा इन्जेक्सन खरिद गर्ने व्यक्तिले प्रहरीलाई सूचना दिएपछि ताहिर पक्राउ परेका हुन् । ‘ताहिर एक कन्ट्याक्ट पर्सन मात्र हुन्,’ कोरोना अस्पतालका एक चिकित्सक भन्छन्, ‘प्रहरीले गम्भीर रूपले अनुसन्धान गर्‍यो भने यहाँका ठूला औषधि व्यवसायी, व्यापारी र केही चिकित्सक पनि तानिने छन् ।’ काठमाडौंमा उपचार गराइरहेका वीरगन्जका एक संक्रमितले गत साता उक्त इन्जेक्सनको ६ भाइल ३ लाख रुपैयाँमा खरिद गरेका थिए ।

    एउटा कम्पनीले मात्रै ल्यायो

    औषधि व्यवस्था विभागले गत शनिबार ७२ घण्टाभित्र रेमडेसिभिर आयात गर्न तीनवटा कम्पनीलाई अनुमति दिए पनि एउटाले मात्रै ल्याउन सकेको छ । गत साता स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल चिकित्सक संघका प्रतिनिधिबीच भएको छलफलले यति फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ साइन्सेसलाई भारतबाट रेमडेसिभिर आयात गर्न अनुमति दिएको थियो ।

    तीन आयातकर्तामध्ये सिनर्जी ओभर्सिसले ५ सय ८० भाइल रेमडेसिभिर बिहीबारै ल्याएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए । यस्तै अन्य कम्पनीले पनि आज/भोलि नै औषधि ल्याउने उनको दाबी थियो । ‘सिनर्जीले ५ सय ८० भाइल ल्याइसकेको छ,’ उनले भने, ‘अरूको पनि आज/भोलि आइपुग्छ भन्ने जानकारी पाएको छु ।’

    सिनर्जी ओभर्सिसले ल्याएको औषधि सम्पूर्ण रूपमा बिक्री भइसकेको स्रोतले जानकारी दिएको छ । कम्पनीले उक्त औषधि विभिन्न अस्पताललाई करिब ७ हजार २ सय रुपैयाँमा उपलब्ध गराएको जानकारी स्रोतले दिएको छ ।

    पाटन अस्पतालस्थित उच्च स्रोतका अनुसार अस्पताल व्यवस्थापनले सिनर्जी कम्पनीसँग औषधि माग गरे पनि बिहीबारसम्म उपलब्ध गराउन सक्ने जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पतालस्थित उच्च स्रोतका अनुसार केही बिरामीका आफन्तले उक्त औषधि करिब ४० हजार रुपैयाँ तिरेर कालोबजारमा किनेको दाबी चिकित्सकहरूसँग गर्ने गरेका छन् ।

    यति फर्माले सिप्ला कम्पनीको, सिनर्जीले माइलनको र भियोभिसले हिटेरो कम्पनीले उत्पादन गरेको औषधि नेपाल भित्र्याउन लागेको हो । रेमडेसिभिरको आधिकारिक उत्पादक अमेरिकी कम्पनी गिलाइडले हालसम्म भारतका विभिन्न ५ कम्पनीलाई यो औषधिको उत्पादन गरी अतिकम विकसित राष्ट्रमा बिक्रीवितरण गर्न अनुमति दिएको थियो ।

    त्यससँगै यो औषधिको भारतीय कम्पनीहरूले उत्पादन तथा बिक्रीवितरण सुरु गरेका थिए । भारतमै पनि यो औषधिको माग उच्च रहेकाले कालोबजारी भइरहेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।यो समाचार कान्तिपुरमा प्रकाशित गरिएको छ |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑