वीरगंज | ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुईजनाको कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं निवासी ७४ वर्षीय पुरुष र धुनषा निवासी ७६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
काठमाडौं निवासी पुरुष अस्पतालमा ६ गते भर्ना भएका थिए। त्यसैगरी धनुषा निवासी ७६ वर्षीय पुरुष साउन २५ अस्पतालमा भर्ना भएका थिए।
स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति निकाली दुवै जनाको मृत्यु भएको पुष्टि गरेको छ।