वीरगञ्ज । कोरोनाभाइरस महामारी सुरु भएसँगै नेपाल सरकारले बन्द गरेको नेपाल-भारतको नाका खुल्न सकेको छैन । पर्सामा कोरोनाभाइरस सङ्क्रमण समुदाय स्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो एक महिनादेखि निषेधाज्ञा समेत लागेको छ ।
लकडाउनको क्रममा भारतबाट नेपाल फिर्ता आएका विद्यार्थीहरु पुन: अध्ययनका लागि फिर्ता जानसकेका छैनन् । सिमा नाका नखुल्दा उनीहरुले पढाई छुट्नका साथ् परिक्षण समेत दिन नसक्ने चिन्ता व्यक्त गर्दै आएका थिए ।
यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले छिमेकी मुलुक भारतको विभिन्न कलेज तथा विश्व विद्यालयहरुमा अध्ययनरत पर्सा जिल्लाका विद्यार्थीहरुलाई परिक्षण दिन जान अनुमतिका लागि प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार एउटा सूचना जारी गर्दै भारतका विभिन्न कलेज तथा विश्व विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई परिक्षण दिन भारत जान अनुमतिका लागि विभिन्न कागजातसहित कार्यालयमा उपस्थित हुन् आग्रह गरेको छ ।
प्रशासनले विद्यार्थीहरुलाई परिक्षणको किसिम, मिति, कलेजको नाम, ठेगाना र कुन नाकाबाट भएर भारत जानेलगायतको विवरणहरु खुल्ने गरी लेखिएको निवेदन लिएर सम्पर्ण गर्न आग्रह गरेको हो । त्यसैगरी परिक्षा हुने सम्बन्धी सूचना/प्रवेश पत्र, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि/परिचय खुल्ने प्रमाण पत्रसमेत लिएर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।यो समाचार यात्रादेलीले बाट सभार गरिएको हो।