विराटनगर | थव दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान र विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा संक्रमितको मृत्यु भएको हो ।
मृतक अवकाश प्राप्त शिक्षक हुन् । परिवारकै एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा उनमा संक्रमण देखिएको थियो ।
भदौ ४ गते स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशालामा लगिएकोमा आइतबार दिउँसो आएको रिपोर्टमा संक्रमण रहेको पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई ८ बजेतिर उपचारका लागि अस्पताल लगिएको थियो ।