आज:
  • होमपेज / Breaking News

    सहज छैन होम आइसोलेसन

  • वीरगंज संजाल
  • ८ भाद्र २०७७, सोमबार १३:५४
  • २९७३

    मध्यपुर थिमि–६ भुलांखेलकी ३७ वर्षीया एक महिलालाई लगातार टाउको दुख्ने र ज्वरो आउने भइरह्यो । उनी स्वास्थ्य परीक्षणका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल पुगिन् । पीसीआर परीक्षणमा उनमा कोरोना पोजिटिभ देखियो ।

    साउन २९ गते रिपोर्ट आएपछि उनी होम आइसोलेसनमा छिन् । उनको घर कम्पाउन्डमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र प्रहरीले सिल गरेका छन् ।

    ‘म छुट्टै कोठामा बसेकी छु, मेरो भान्सा अलग छ,’ उनले भनिन्, ‘परिवारका सदस्यसँग प्रत्यक्ष सम्पर्क छैन तर छिमेकीले श्रीमान् र छोरालाई घरबाहिर निस्किनसमेत बन्देज गरेका छन् । हिँडडुल गरिराख्नुपर्ने मधुमेहका बिरामी सासू/ससुरालाई पनि बाहिर निस्कनै दिएका छैनन् ।’ परिवार सदस्यको पीसीआर परीक्षणमा ढिलाइ हुँदा थप मानसिक दबाब भोग्नुपरेको उनले सुनाइन् ।

    मनमैजुकी ५० वर्षीया वृद्धा पनि १२ दिनदेखि होम आइसोलेसनमा छिन् । उनीसहित परिवारका ४ जनाले एउटै शौचालय प्रयोग गर्छन् । ‘प्रयोग गर्नासाथ सफा गर्ने गरेको उनले बताइन् । अहिलेसम्म उनमा कोरोनाको लक्षण देखिएको छैन । ‘महानगरका कर्मचारीले दैनिक फोन गरेर सोधिरहन्छन्,’ उनले भनिन्, ‘उनीहरूको नम्बर टिपेर राखेको छु । गाह्रो पर्‍यो भने फोन गर्छु ।’ शुक्रबार घरका अरू ३ जनाको पनि स्बाव संकलन गरेर लगिएको छ, तर रिपोर्ट आएको छैन ।

    नगरपालिकाले संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङमा ढिलाइ गरेको होम आइसोलेसनमा बसेका संक्रमितहरू बताउँछन् । शनिबारसम्म भक्तपुरमा ७७ जना संक्रमित होम आइसोलेसनमा छन् । भक्तपुरमा संक्रमितको संख्या २ सय ७० पुगेको छ । भक्तपुरको चार स्थानीय तहमध्ये मध्यपुर थिमिमा ९७ जनामा संक्रमण देखिएको छ । जसमध्ये ५३ होम आइसोलेसनमा छन् ।

    सूर्यविनायक नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं ८ नम्बर वडाका वडाध्यक्ष किरण थापाका अनुसार नगरका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३७ जना होम आइसोलेसनमा छन् । उनीहरूलाई निगरानीमा राखेर नगरपालिकाले १० देखि १५ दिनमा पुनः पीसीआर गराउँदै आएको छ ।

    भक्तपुर र चाँगुनारायण नगरमा तुलनात्मक रूपमा संक्रमितको संख्या कम छ । भक्तपुर नगर प्रमुख सुनील प्रजापतिले नगरको बनावटको हिसाबले होम आइसोलेसनमा राख्न सम्भव नभएको र सामुदायिक आइसोलेसनको पहल भइरहेको जनाए । त्यसैगरी, चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मिश्रका अनुसार नगर क्षेत्रभित्र ५ संक्रमित होम आइसोलेसनमा रहेका र नगरपालिकाका स्वास्थ्यकर्मीले उनीहरूको नियमित निगरानी गरिरहेका छन् ।

    मध्यपुर थिमि नगर प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक सेवा मात्र सञ्चालित छ । एक सातायता संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाको स्वाब संकलन गरेर टेकु पठाइएको उनले बताए ।

    जनचेतनाको कमी
    संक्रमितलाई होम आइसोलेसनमा राख्न सहज भने नभएको नगर प्रमुखहरू बताउँछन् । ‘अझै पनि जनचेतनाको कमी छ, नगरपालिकाको स्वास्थ्य र सुरक्षा टोली घरघरमा पुगेर सम्झाउँदासमेत कतिपयले संक्रमितका परिवारलाई अपमान गरेको पाएका छौं,’ मध्यपुर थिमि नगर प्रमुख श्रेष्ठले भने । यसअघि संक्रमित बसोबास गरेको क्षेत्रमा प्रवेश निषेध/संक्रमित क्षेत्र उल्लेख गरी ब्यानर राख्ने गरेको भए पनि पछिल्लो समय घरको कम्पाउन्ड क्षेत्रमा डोरी टाँगेर मात्र सिल गर्ने गरेको उनको भनाइ छ ।

    काठमाडौं महानगरपालिकाका कोभिड–१९ फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार होम आइसोलेसनमा बसेर १४ दिन पार गरिसकेपछि पीसीआर परीक्षण गरिँदैन । ‘होम आइसोलेसनमा १४ दिन पार गरेपछि कुनै पनि लक्षण देखिएको छैन भने उनीहरू निको भइसकेको बुझिन्छ । केही लक्षण देखिएको खण्डमा थप एक साता आइसोलेसनमा बस्नुपर्ने हुन्छ,’ उनले भने । संक्रमण पुष्टि भएपछि लक्षण देखिएका संक्रमितलाई अस्पताल र लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा बस्ने व्यवस्था छ । अस्पतालमा बस्नेलाई सरकारले सबै सुविधा दिए पनि होम आइसोलेसनमा त्यस्तो नभएको संक्रमितहरूको भनाइ छ ।

    पछिल्लो समय होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढ्दै गएपछि टोखा नगरपालिकाले प्रतिव्यक्ति दैनिक ३ सय ५० रुपैयाँ दिने निर्णय गरेको छ । सन्तुलित भोजनका लागि उक्त रकम उपलब्ध गराउन लागेको नगर प्रमुख प्रकाश अधिकारीले बताए । ‘स्वास्थ्य शाखाले प्रमाणित गरिसकेपछि होम आइसोलेसनमा बसेकाहरूलाई एकमुष्ट रकम उपलब्ध गराउनेछौं,’ उनले भने । नगरपालिकामा हालसम्म ९३ जनामा संक्रमण देखिएकामा ३८ जना होम आइसोलेसनमा छन् ।

    काठमाडौं महानगरपालिकामा शनिबारसम्म १ हजार ४ सय ११ जना संक्रमित छन् । जसमध्ये ३ सय ४२ जना होम आइसोलेसनमा छन, ८ जना संक्रमितको मृत्यु भएको छ । बाँकी अस्पतालमा छन् । कोभिड फोकल पर्सन ओलीका अनुसार पहिला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले नै तथ्यांक राखेको र पछि महानगरले तथ्यांक राख्न सुरु गरेकाले हालसम्म निको भएर जानेको संख्या यकिन हुन सकेको छैन ।

    होम आइसोलेसनका संक्रमितहरूको दैनिक स्वास्थ्य अवस्था मात्र जानकारी लिइरहेको र गम्भीर अवस्था भएको खण्डमा अस्पताल लैजाने व्यवस्था गरिरहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘परिवार नै संक्रमित भएको घरमा संक्रमितले नै पैसा तिर्ने सर्तमा खाद्यान्न पुर्‍याउने व्यवस्था छ,’ उनले भने, ‘छाक टार्नै समस्या भएका संक्रमितको हकमा महानगर छँदै छ ।’

    आइतबार काठमाडौं महानगरमा १ सय २६ संक्रमित थपिएका छन् ।

    चन्द्रागिरि नगरपालिकामा ५३ जना संक्रमित छन् । जसमध्ये होम आइसोलेसनमा २८ जना छन् । विपन्न परिवारलाई १५ दिनलाई पुग्ने राहत वितरण गरेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए । कीर्तिपुर नगरपालिकाका २४ जना संक्रमितमध्ये १६ जना निको भइसकेका छन्, ७ जना होम आइसोलेसनमा छन् । एक जनाको मृत्यु भएको छ । नगरपालिकाले दैनिक फोनमार्फत नै होम आइसोलेसनमा बसेकाहरूको जानकारी लिने गरेको उपमेयर सरस्वती खड्काले बताइन् ।

    कागेश्वरी मनोहरा नगरपालिकामा ७५ जना संक्रमित छन् । मूलपानी नगर अस्पतालको आइसोलेसनमा रहेका संक्रमितलाई खाना र स्वास्थ्य सेवा प्रदान गरे पनि घरमा रहेका संक्रमितलाई कुनै सेवा नदिएको मेयर हरिकृष्ण थापाले बताए । संक्रमित निको भए पनि समुदायको डरले पहिचान लुकाउँदा होम आइसोलेसन र अस्पतालमा कति छन् भन्ने यकिन तथ्यांक नै नरहेको नगर कर्मचारीहरू बताउँछन् ।

    ‘समाजको अवहेलनाको डरले कतिपय निजी अस्पतालमा गएर परीक्षण गर्ने गरेका छन्,’ तारकेश्वर नगरपालिकाका स्वास्थ्य प्रमुख जनार्दन अधिकारीले भने, ‘आफूखुसी अस्पताल जाने र घरमा नै लुकेर बस्ने संक्रमितले गर्दा घर र अस्पतालमा रहेको संक्रमितहरूको संख्या तोक्न सकिएको छैन ।’ कान्तिपुर दैनिकमा लीला श्रेष्ठ,सीमा तामाङ र सुशीला तामाङले खबर लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑