• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अग्रपंक्तिमा खटिने नै ४ सय ५४ स्वास्थ्यकर्मी संक्रमित

  • वीरगंज संजाल
  • ८ भाद्र २०७७, सोमबार १०:२५
  • २२६५

    वीरगंज |कोरोना संक्रमित बढेसँगै उनीहरूको उपचारमा खटिएका चिकित्सक, नर्स, प्राविधिकलगायत स्वास्थ्यकर्मीमा पनि संक्रमणको दर वृद्धि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार आइतबारसम्म ४ सय ५४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

    जसमध्ये चिकित्सक १ सय ४२, अस्पतालका कर्मचारी १ सय २३, नर्स ९४, ल्याब टेक्निसियन ३० र पारामेडिक्स ६५ जना छन् । अस्पतालअनुसारको तथ्यांक हेर्दा भने त्योभन्दा बढी संख्या देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत संक्रमित स्वास्थ्यकर्मीको संख्या धेरै हुन सक्ने जनाएको छ ।

    धेरै अस्पतालले स्वास्थ्यकर्मी संक्रमित भएको भनेर सूचना दिँदा बिरामी उपचारका लागि नआइदिने र स्वास्थ्यकर्मीलाई पनि समाजले अपहेलना गर्ला भन्ने डरले यकिन संख्या उपलब्ध गराउँदैनन् । काठमाडौंको एक सरकारी अस्पतालका निर्देशकले स्वास्थ्यकर्मी संक्रमित हुँदा अरूले उल्टै नराम्रो सोच्ने गरेको बताए ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम स्वास्थ्यकर्मीहरूले पहिला आफू बच्ने अनि अरूलाई बचाउने भन्ने धारणा राख्नुपर्ने बताउँछन् । उनले भने, ‘ओपीडीमा बस्नेले भाइजर, वाटरप्रुफ मास्क लगाएर मात्र बिरामी जाँच्नुपर्छ । सामान छैन भने बरु मन्त्रालयले उपलब्ध गराउँछ ।’ दिनरात खटिएर बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरिएका खबर सुनिए संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको उनको भनाइ छ ।

    सेवामा असर

    कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि कतिपय अस्पतालले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् । स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गए देशभर सबै किसिमका स्वास्थ्य सेवा थप प्रभावित हुने जोखिम देखिएको छ ।

    ईडीसीडीका अनुसार धुलिखेल अस्पतालमा शनिबार १० र आइतबार ३ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भयो । योसँगै हालसम्म उक्त अस्पतालका २७ स्वास्थ्यकर्मीलाई संक्रमण भइसकेको छ । एकैपटक १० चिकित्सकमा संक्रमण पाइएपछि अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । काभ्रेकै स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा पनि शनिबार कर्मचारी र स्वास्थ्यकर्मीसहित १५ जनामा संक्रमण देखिएको थियो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार भदौ २ मा काठमाडौं उपत्यकामा २ सय ५ जना संक्रमित हुँदा ४० जना स्वास्थ्यकर्मी मात्रै थिए । यसमध्ये २० जना त्रिवि शिक्षण अस्पतालका थिए । बाँकी किस्ट, निदान र सुमेरु अस्पतालका थिए । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा.रोहित पोखरेलका अनुसार गएको साता मात्रै अस्पतालका ४० जनामा संक्रमण देखिएको छ ।

    यहाँ हालसम्म संक्रमित स्वास्थ्यकर्मीको संख्या ७० पुगेको अस्पतालका कोभिड व्यवस्थापन समिति संयोजक डा.सन्तकुमार दासले बताए । यसअघि आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुँदा अस्पतालले उक्त विभाग सिलसमेत गरेको थियो ।

    ‘संक्रमितमध्ये केही अस्पताल र केही घरमै आइसोलेसनमा छन्,’ निर्देशक पोखेलले भने, ‘सेवा भने निरन्तर दिइरहेका छौं ।’ संक्रमित हुनेमा नर्स बढी छन् । ‘सानो कोठा र भेन्टिलेसन नभएको कोठामा नर्सहरू खाजा खाने गर्दा रहेछन्, त्यहाँबाट सरेको देखिन्छ,’ डा.दासले भने । धेरै संख्यामा स्वास्थ्यकर्मी संक्रमित हुनेमा वीरगन्जको नारायणी अस्पताल पनि पर्छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नारायणीका ७० स्वास्थ्यकर्मी संक्रमित पाइएका छन् । काठमाडौंको सहिद गंगालाल हृदयरोग केन्द्रमा संक्रमित स्वास्थ्यकर्मीको संख्या १५ भन्दा बढी छ । वीर अस्पतालका पनि चिकित्सकसहित १० जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।

    अग्रपंक्तिमा खटिने नै संक्रमित हुँदा कोरोना महामारी नियन्त्रण असहज बनेको ईडीसीडीका निर्देशक डा.वासुदेव पाण्डेले बताए । ‘सबैभन्दा जोखिममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी छन्,’ उनले भने, ‘अरूलाई सेवा दिनुपर्ने समूह नै संक्रमित भएपछि संक्रमण न्यूनीकरण गर्न असहज हुने देखिएको छ ।’ नेपालमा पहिलो पटक वैशाख ३० मा कपिलवस्तुमा एक नर्समा कोरोना संक्रमण देखिएको थियो ।

    ‘सतर्कताले हामी सुरक्षित’

    हामीले अहिलेसम्म ३ सय ५० जना कोरोना संक्रमितको उपचार गरिसकेका छौं । करिब ६ सय जनाजति शंकास्पद बिरामीलाई हेरेका छौं । म गर्व पनि गर्छु कि अहिलेसम्म यहाँका कुनै पनि स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छैन । हामीले पीपीईको प्रयोगमा कन्जुस्याइँ गरेका छैनौं । एकचोटि प्रयोग गरेको मास्क पनि प्रयोग गर्देनौं ।

    संक्रमितले लगाएको कपडा, तन्ना, खोललगायत सामग्री केमिकल प्रयोग गरेर मेसिनमा धुन्छौं । केमिकल ट्रिटमेन्ट गरेर फोहोर व्यवस्थापनका लागि ‘अटोक्लेभ’ गर्छौं । भौतिक दूरी कायम गरेका छौं । डिजिटल प्रविधि अपनाएका छौं । आईसीयूमा पनि नेगेटिभ प्रेसरयुक्त कोठाहरू छन् । हावा छानिएर मात्र भित्र जान्छ । आइसोलेसन पनि त्यसैअनुसार निर्माण गरिएको छ । त्यसैले पनि हामी अहिलेसम्म सुरक्षित छौं । खासमा आवश्यक सबै स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनु नै हामीमा संक्रमण नहुनुको प्रमुख कारण हो ।

    – कुराकानीमा आधारित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑