वीरगञ्ज । कोरोना विरुद्धको प्रभावकारी औषधी रेम्डेशिभिर कालोबजारी गरेको आशंका नारायणी अस्पतालका चिकित्सक पक्राउ परेका छन् ।रेम्डेशिभिर उपलब्ध गराईदिने भन्दै बिरामीका परिवारजनसँग चर्को शुल्क असुलेका चिकित्सक डा.ताहिर अंसारी पक्राउ परेका हुन् ।
कोभिडको औषधी खरीदका लागि चर्को शुल्क लिएको भन्दै पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता मनाजित कुँवरले बताएका छन् । डा. अंसारीसँगै रक्सौल निवासी एक जना भारतीय नागरिकलाई पक्राउ गरिएकाे प्रवक्ता कुँवरले जानकारी गराए । अनुसन्धान भईरहेका कारण थप जानकारी दिन नसकिने उनले बताए ।
नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचाररत एक जना बिरामीको परिवारसँग औषधी मिलाई दिने भन्दै शनिबारसम्ममा डा. अंसारीले १ लाख ९८ हजार रुपैँया उसुल गरेको स्रोतले जनाएको छ ।
गत श्रावन ३२ गते नारायणी बयोधा भर्ना भएका उक्त बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । मुटुका दिर्घरोगी उक्त बिरामीको बाईपास सर्जरी समेत भईसेकेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार जीवन रक्षक रेम्डेशिभिर मिलाईदिने भन्दै डा. अंसारी बिरामीसँग थप रकम असुल्ने दाउमा थिए ।