• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दैनिक १४ बलात्कार र ९ महिला हिंसाका घटना

  • वीरगंज संजाल
  • ७ भाद्र २०७७, आईतवार १८:४०
  • ३९०१

    वीरगंज |विश्व कोरोना महामारीको चपेटामा छ । सबैतिर यसकै सन्त्रास छ । अहिले अन्य कामभन्दा पनि कोरोनाबाट कसरी बच्ने भन्ने बारेमा सावधानी अपनाइरहेका छन् ।

    जति मानवीय क्रियाशीलता त्यति भीडभाड, जति भीडभाड त्यति नै संक्रमण, त्यसैले धेरै मुलुकहरूले लकडाउन र निषेधाज्ञा लगाएका छन् । यहीबीचमा नेपालमा भने महिला हिंसा पनि बढेको पाइएको छ ।

    प्रहरीको तथ्याङ्कलाई हेर्ने हो भने लकडाउनको समयमा नेपालमा बलात्कारको ग्राफ बढ्दो छ । बलात्कार मात्र नभएर महिला हिंसाका घटना पनि बढेको पाइएको छ । केही घटना यस्ता छन् ।

    घटना–१

    पर्साको बहुदरमाई नगरपालिकामा लकडाउनकै अवधि साउनमा एकजना युवा बलात्कार गरेको आरोपमा पक्राउ परे । २५ वर्षीय ती युवाले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लगाइएको थियो ।

    घरमा कोही नभएको मौका छोपी छोरीलाई बलात्कार गरेको पीडित परिवारको आरोप छ । घटनाबारे जानकारी पाए लगत्तै प्रहरीले पीडकलाई पक्राउ ग¥यो । अहिले जजक मुद्दामा कारबाही अगाडि बढाइएको पर्सा प्रहरीको भनाइ छ ।

    घटना–२

    जेठ १६ मा सुनसरीको धरानमा ३८ वर्षीय बाबुद्वारा आफ्नै छोरी बलात्कृत भइन्  । बाबुले आफ्नै १४ वर्षीया छोरीलाई सुतिरहेको ठाउँमा ललाइफकाई बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । लकडाउनको अवधिमा मानसिक विचलनका कारण ती पुरुषले छोरीलाई बलात्कार गरेको प्रहरीको बयानले देखायो ।

    पर्सा र सुनसरीमा भएका यी दुई घटना त केही उदाहरणमात्रै हुन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार देशभरिमा पाँच महिनामै साढे १४ सयभन्दा बढी महिला हिंसाका घटना र २१ सयभन्दा बढी बलात्कारका घटना भएका छन् ।

    यी घटना कोरोना भाइरस (कोभिड १९) ले मुलुक चपेटामा परिरहेका बेला भएका गम्भीर प्रकृतिका अपराध हुन् । लकडाउनमा परिवारसँगै भएका बेला होस् वा अन्य अवस्थामा आपराधिक मनोवृत्ति भएका व्यक्तिले अपराध गरेको देखिन्छ । सुरक्षाकर्मी परिचालनको संख्या बढे पनि यस्ता प्रकृतिका अपराध नियन्त्रणमा भने खासै सुधार देखिँदैन ।

    लकडाउनमा घरेलु हिंसा धेरै

    प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउनको अवधि (चैत ११ देखि साउनसम्म) मा ६ सय ३२ वटा जबरजस्ती करणीका घटना भएका छन् । यो पाँच महिनाको अवधिमा सबैभन्दा घरेलु हिंसाका र त्यसपछि बढी आत्महत्याका घटना भएको प्रहरी तथ्यांक छ । प्रहरी मुख्यालयका अनुसार यो अवधिमा सबैभन्दा बढी घरेलु हिंसा १ हजार ४ सय ६३ र आत्महत्याका ११ सय ९० घटना भएको प्रहरी तथ्यांक छ । 

    प्रदेशहरूको तुलनामा सबैभन्दा बढी प्रदेश–१ मा जबरजस्ती करणीका घटना भएका छन् । प्रहरी तथ्यांक अनुसार प्रदेश–१ मा १ सय ५० र सबै भन्दा कम कर्णाली प्रदेशमा ३७ वटा जबरजस्ती करणीका घटना भएका छन् । यसैगरी घरेलु हिंसातर्फ सबैभन्दा बढी प्रदेश–२ मा ४ सय ३१ र सबैभन्दा कम प्रदेश–१ मा ४५ वटा घटना भएका छन् । 

    महिला हिंसाको तेस्रो नम्बरमा बलात्कारका घटना धेरै भएको तथ्यांक छ । यो संख्या सामान्य अवस्थाको भन्दा धेरै हो । प्रहरी प्रधान कार्यालयको गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने एक वर्षमा २१ सय ४४ वटा जबरजस्ती करणीका घटना भएका छन् ।

    दैनिक १४ बलात्कार र ९ महिला हिंसाका घटना

    लकडानको पाँचौ महिनासम्म देशभरिमा साढे १४ सयभन्दा बढी महिला हिंसाका घटना भएका छन् । जुन बलात्कार तथा अन्य घटनाबाहेकका हुन् । प्रहरी तथ्यांकलाई हेर्ने हो भने यो अवधिमा दैनिक ९ वटा महिला हिंसाका घटना भएका छन् । यसैगरी यही पाँच महिनामा २ हजार १ सय ४४ वटा बलात्कारका घटना भएका छन् । अर्थात् यसलाई दैनिकरूपमा हेर्ने हो भने १४ वटा बलात्कारका घटना भएको प्रहरी तथ्यांकले देखाउँछ ।

    नेपाल प्रहरीका अनुसार तनावका कारण महिला हिंसाका घटनामा वृद्धि भएको छ । घरमा बस्दाबस्दै धेरै तनावबढेपछि महिला हिंसाका घटनामा वृद्धि भएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए । उनका अनुसार खास गरी गरिबीसँग जोडिएको आर्थिक अभाव, बेरोजगारीले हुने मानसिक तनाव जस्ता कुराले अपराध जन्मिएको देखिन्छ । यसले समाज अझै चेतनशील नभएको पुष्टि समेत गरेको उनको तर्क छ ।यो समाचार फरक धार अन्लाईन को लागि अली असगरले लेख्नु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑