साउदी अरबले चीनलाई धोका दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
साउदी अरबको सरकारी तेल कम्पनीले चीनसँग १० अर्ब डलरको रिफाइनिंग र पेट्रोकेमिकल्स कम्प्लेक्स बनाउनेलाई लिएर भएको सम्झौताबाट पछि हटेको छ ।
इकोनोमिक्स टाइम्सको रिपोर्टका अनुसार साउदीको कम्पनीले तेलको घट्दो मूल्यका कारण चीनसँग भएको सम्झौता टार्ने निर्णय गरेको हो ।
कोरोना भाइरसका कारण्ढा सारा विश्वमा तेलको खपत कम भएको छ ।
माग कम भएसँगै तेलको मूल्यमा गिरावट आएको छ ।
साउदीका लागि यो बेला चुनौतिपूर्ण रहेको छ। किनभने उसको अर्थव्यवस्था मुख्य रुपमा तेलमा ने निर्भर रहेको छ ।
एजेन्सीको सहयोगमा