• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निषेधाज्ञासँगै कोरोना नियन्त्रणका लागि सरकारलाई यस्ता छन् जनस्वास्थ्य विज्ञहरुका सुझाव

  • वीरगंज संजाल
  • ६ भाद्र २०७७, शनिबार १८:५०
  • ३८४१

    वीरगंज | चार महिना लामो कोरोना रोकथाम तथा नियन्त्रणको लागि मुलुकभर गरिएको लकडाउनको अन्त्यसँगै कोरोना भाइरसको संक्रमण पनि ह्वातै बढ्दै गएको छ । यसरी संक्रमण बढ्दै गएकाले विहिबारबाट संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा ७ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

    संक्रमण दिनप्रतिदिन बढेसँगै काठमाडौं उपत्यकामा थप खतराको घण्टी बज्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र शुक्रबारसम्म ३ हजार ९६ जना कोरोना संक्रमित पुगेका छन् । काठमाडौं जिल्लामा मात्रै २ हजार ४ सय ५३ जना पुगेका छन् । त्यस्तै, ललितपुरमा ३९९ जना र भक्तपुरमा २४४ जना संक्रमित रहेका छन् । पछिल्लो एक साताको तथ्यांक विश्लेषण गर्दा उपत्यकामा सरदर दैनिक एक सय भन्दा बढीको हाराहारीमा संक्रमित थपिइरहेका छन् ।

    काठमाडौंमा अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमित भएको जिल्ला बनेको छ । यसरी कोरोना संक्रमित बढ्दै जाँदा देशको राजधानी काठमाडौं उपत्यकामा ‘हटजोन’ बन्ने खतरा बढेको छ । त्यस्तै, काठमाडौंपछि सबै भन्दा बढी संक्रमण पर्सा जिल्लामा रहेको छ ।

    यसरी कोरोना संक्रमित बढ्दै गएकाले काठमाडौं उपत्यका लगायत देशैभरी निषेधाज्ञाको लहर बढेको छ । गत फागुन ७ गते अन्त्य गरिएको चार महिने लकडाउन अब देशैभर ‘निषेधाज्ञा’को नाममा पुनः सुचारू गरिएको हो । अहिलेसम्म उपत्यकासहित ४३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।

    सरकारले निषेधाज्ञा लागू गरेसँगै सडकमा सर्वसाधारणलाई हिँडडुलमा समेत रोक लगाइएको छ भने निषेधाज्ञा तोड्नेलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गर्ने चेतावनी पनि दिइरहेको छ । लकडाउको अन्त्य भएर उपत्यकासहित देशभरका सर्वसाधारण तथा व्यवसायीको समेत जीवन सामान्य अवस्थामा र्फकन थालेको थियो । तर उपत्यकामा निषेधाज्ञा जारीसँगै फाट्टफुट्ट बाहिर निस्केका नागरिकहरु पुनः घरभित्रै बस्न बाध्य भएका छन् ।

    विश्वभर नै महामारीको रूप लिएको कोरोना भाइरस नियन्त्रणका लागि नेपालमा गरिएको निषेधाज्ञा सानो प्रयास मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दैनिक जसो प्रेस विफ्रिङमा बताइरहेका छन् भने यता जनसस्वास्थ्य विज्ञहरुले पनि कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञासँगै मानिसहरुको व्यवहार र काम गर्ने शैली परिर्वतन गर्नु देखि सरकारले परिक्षणको दायरा बढाउनु पर्नेसम्म सुझाव दिएका छन् ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले सरकारले अहिलेसम्म पनि कोरोना संक्रमितको व्यवस्थापन र परिक्षण व्यापक बनाउन नसकेकाले निषेधाज्ञाले कमी नगर्ने बताएका छन् । उनले सरकारले कोरोना सङक्रमण भएका बिरामीको उचित व्यवस्थापन गरेर उपचार गर्नु पर्ने तथा कोरोना परिक्षण व्यापक बनाएर संक्रमित पहिचान नगरे अझ बढ्दै जाने बताएका छन् ।

    त्यस्तै, मरासिनीले कोभिड र ननकोभिड बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्नै नहुने बताए । एकै ठाउँमा कोडिभ र ननकोभिडका बिरामीलाई उपचार गर्दा जोखिम सधैं रहने उनको भनाइ छ । कोरोनाका बिरामीलाई छुट्टै अस्पतालमा उपचार गरे मात्र कोरोना नियन्त्रण गर्न सकिने उनले बताएका छन् । कोरोना भाइरस फैलिएसँगै इटालीमा कोरोना संक्रमणका कारण धेरै मानिसको मृत्यु भयो र त्यहाँको स्वास्थ्य मन्त्रालयले कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँमा राखेर उपचार गरेर ठूलो गल्ती गरेको छ । कोरोनाका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा बिरामी र धेरै स्वास्थ्यकर्मीको मृत्यु भयो । यस्तो गल्ती कसैले पनि नगरोस् भनेर इटालीको स्वास्थ्य मन्त्रालयले भनिरहेको छ । त्यसैले नेपालमा पनि कोरोनाको लागि छुट्टै अस्पतालको व्यवस्था गर्दा जोखिम कम हुनुका साथै पिपिई र जनशक्ति कम लाग्ने तथा क्वारेन्टाइनको व्यवस्थापन गर्न पनि सहज हुने डा मरासिनीको भनाइ रहेको छ । अहिले अस्पतालबाट नै कोरोना फैलिएकाले कोरोना सर्ने डरका कारण अधिकांश बिरामी स्वास्थ्य संस्था जान छोडेका छन् । जसले गर्दा रोग र समस्या बढ्ने खतरा हुने डा मरासिनीले बताएका छन् ।

    सरकारले कुनै पनि व्यवस्थापन नै नगरी लकडाउनको अन्त्य गरेको तथा संक्रमित धेरै जिल्ला भएको तराईका जिल्लाबाट काठमाडौं उपत्यकामा कुनै पनि परिक्षण विना नै धेरै मानिस भित्रिएकाले पनि जोखिम बढ्दै गएको हुन् । उनले भने, ‘निषेधाज्ञाले मात्रै पनि संक्रमण कम नहुने भएकाले अब कडाइका साथ मानिसहरुको व्यवहार र काम गर्ने शैलीमा परिर्वतन ल्याउनु पर्छ नत्र पहिले कै गतिमा अगाडि बढे झन खतरा बढ्छ ।’

    अब उपत्यकासहित देशैभर कोरोना संक्रमित राख्न आइसोलेसनको क्षमता बढाउदै जानु पर्ने तथा परिक्षणको लागि विभिन्न नाकामा नै व्यवस्था गर्नु पर्ने उनको भनाइ छ ।

    त्यस्तै, जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले निषेधाज्ञा भनेको कर्फ्यु नै रहेकाले संक्रमित थोरै हुँदा लकडाउन खुकुलो हुनुलाई स्वाभाविक मानिए पनि संक्रमण बढिरहेको समयमा गरिने निषेधाज्ञा फितलो गर्न नहुने बताएका छन् । यसको नियन्त्रणको लागि सरकारले के के गर्ने हो त्यो १०० प्रतिशत नै गर्नु पर्ने सुझाव दिएका छन् ।

    निषेधाज्ञाको लागू तथा अनुगमन ठूला सडकमा एबम बजारमा मात्र गरियो भने कोरोना संक्रमण नियन्त्रणमा त्यसको कुनै प्रभावकारिता हुँदैन । तसर्थ सडकलाई ट्राफिक प्रहरीको जिम्मा तथा भित्रि बस्ती र गल्लीलाई मुख्य सुरक्षाकर्मीको जिम्मामा गस्ती गर्ने बताएका छन् । उनले निषेधाज्ञाको अबधिमा सरकारले १६ वटा काम गर्नु पर्ने सुझाव दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • सुन्दर छालाका लागि पिउनुहोस् चिया
  • आजको राशिफल
  • डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    News

    आजको राशिफल

    News

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    News

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑