बीरगन्ज । बीरगन्ज कारागारका २१ जना उपचाररत संक्रमित कैदबन्दी संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।कारागारको आइसोलेसनमा उपचाररत कैदीबन्दीको रिपोर्ट निगेटिभ आएपछि शनिबार डिस्चार्ज भएका हुन् ।
कारागार प्रमुख श्रवण पोखरेलका अनुसार कोरोना जितेर डिस्चार्ज हुनेमा १५ पुरुष, पाँच महिला र एकजना बालक छन् ।प्रमुख पोखरेलले कारागारमै बनाइएको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित २५ कैदीबन्दीमध्ये २१ जना निको भएर डिस्चार्ज भएको बताए ।
अब आइसोलेसन चारजना मात्र संक्रमित रहेको उनले बताए ।कारागारका प्रमुख पोखरेल पनि संक्रमित भएर केही दिनअघि मात्र निकाे भएका हुन् ।