• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सप्तरीमा भेन्टिलेटर संचालनमा नआउँदा अकालमै ज्यान गुमाउँदै संक्रमित

  • वीरगंज संजाल
  • ६ भाद्र २०७७, शनिबार १६:३५
  • ५४९३

    राजविराज । मुलुकभरी कोरोना संक्रमण बढ्दा भेन्टिलेटर अभाव भएको गुनासो एकातिर छ भने अर्कोतिर जनशक्ति अभावका कारण यहाँस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार/चार वटा भेन्टिलेटर प्रयोगबिहीन रहेका छन् । जसकारण सप्तरीमा कोरोना तथा अन्य जटिल रोगबाट पीडित बिरामीको उपचारमा समस्या भएको छ ।

    तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको पहलमा उपलब्ध गराइएको चार थान भेन्टिलेटर तथा आइसियु उपकरण व्यवस्थापन र संचालन गर्ने पूर्वाधार तथा जनशक्ति नभएका कारण त्यसै थन्काएर राखिएका छन् ।

    मुलुककै सबैभन्दा बढी १ सय ७८ बेडको आइसोलेशन कक्ष यहाँस्थित साइकृष्णा मेडिकल कलजेमा संचालनमा ल्याइएको छ । तर, त्यहा पनि भेन्टिलेटर र आइसियु सेवा उपलब्ध नहुँदा कोरोना संक्रमित तथा अन्य जटिल प्रकृतिका रोगिको उपचार हुन नसकि अकालमै ज्यान जाने गरेको पाइएको छ ।

    जिल्लामा कोरोना संक्रमणबाट हालसम्म ५ जनाको ज्यान गइसकेको छ । ती सबैको भेन्टिलेटर र आइसियु नभएका कारण अन्यत्र लैजानु र उपचारमा भएको ढिलाईले गर्दा ज्यान गएको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीको भनाई छ । ‘देशकै पुराना अस्पताल मध्येका एक राजविराजस्थित एक मात्र सरकारी गजेन्द्र नारायण सिंह अस्पतालमाथी ठूलो जनसंख्याको उपचार गर्ने जिम्मेवारी रहेपनि आवश्यक जनशक्ति र उपकरण नरहँदा अकालमै ज्यान गुमाउनु पर्ने अवस्था दुर्भाग्य हो’, उनले भने ।

    गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जटिल समस्यामा पुगेका बिरामीहरुलाई भेन्टिलेटर र आइसियु अतिआवश्यक रहेपनि त्यसको व्यवस्थापन नहुँदा अन्यत्र रेफर गर्नुपरेको बाध्यता सुनाए । उनले भने, ‘आवश्यक पुर्वाधार र जनशक्तिको व्यवस्था हुने हो भने यही उपचार सम्भव छ, बाहिर लैजानु पर्दैन ।’ उनले पूर्वाधार र जनशक्तिका लागि आफूले स्थानिय, प्रदेश र संघीय तीनै तहका सरकारलाई आग्रह गरिरहेको जानकारी पनि दिए ।

    कोरोना संक्रमणसँगै यहाँका अस्पतालहरुमा बिरामीको चाप तथा अकालमै ज्यान गुमाउनेको संख्या समेत बढ्दै गएपनि आइसियु र भेन्टिलेटर संचालनमा भइरहेको ढिलाईप्रति स्थानिय आक्रोसित भएका छन् । संक्रमित तथा जटिल रोगका बिरामीको ज्यान जोगाउन अविलम्ब आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरि भेन्टिलेटर र आइसियु सेवा संचालन गर्न स्थानियले माग गरेका छन् ।rajdhanidaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑