• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अस्पतालबाट फैलिदै कोरोनाको सङ्क्रमण

  • वीरगंज संजाल
  • ६ भाद्र २०७७, शनिबार १९:०३
  • २९७७

    भक्तपुर। धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तपुकी एक महिलालाई कोरोना सङ्क्रमण भयो। निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर आएकी उनी त्यसबाहेक कतै गएकी छैनन्। धुलिखेल अस्पतालका विरामी, नर्स, डेन्टल विभागका कर्मचारी, स्थानीय व्यापारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पताल सिल गरिएको छ।

    धुलिखेल अस्पताल आउनेजाने गर्नेहरु धेरै भएकाले यहीँबाट सङ्क्रमण समुदायमा फैलिने त्रास बढेको धुलिखेल अस्पतालमा उपचार गराएर फर्किएको कोटेश्वर निवासी एक सङ्क्रमित बताउछन्।

    अस्पताल व्यवस्थापनको लापर्वाहीले धुलिखेल अस्पतालबाट मात्रै विभिन्न जिल्लामा सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ। कोभिड र कोभिड नभएका बिरामीको एउटै अस्पतालमा उपचार गर्दा र अस्पतालले व्यवस्थापन राम्रोसँग नगर्दा अस्पतालबाटै सङ्क्रमण फैलिने त्रास भएको कर्मचारी नै बताउँछन्।

    धुलिखेल अस्पताल अगाडिका एक व्यापारी भन्छन्, “अस्पतालका कर्मचारी पनि यहीँ आएर खान्थे, बिरामी कुरुवा पनि यही आएर खान्थे, अस्पतालले आफ्ना कर्मचारीको सुरक्षामा ध्यान नदिँदा यहाँको समुदायमा कोरोना फैलियो।”

    अस्पतालमा उपचारका लागि साँगाबाट गएका रामनाथ श्रेष्ठका अनुसार अस्पतालमा बाहिर ज्वरो नाप्नेबाहेक अस्पतालले अरु केही गर्न नसकेको गुनासो गर्छन्। अस्पतालमा एक बिरामी एक कुरुवा गर्न नसकेको, अस्पतालका वार्डदेखि दाँतको उपचार गर्ने ठाउँसम्म बिरामीसँग प्रत्यक्ष भेट हुने नर्सहरुले गाउन, मास्क र पञ्जा मात्रै लगाउने तर पिपिई नलगाउने गर्दा एकबाट अर्कोमा सङ्क्रमण फैलिने त्रास बढेको बताउछन्।

    धुलिखेल अस्पतालका विभिन्न विभागका कर्मचारीमा पनि सङ्क्रमण बढ्दै गएको काभ्रे जनस्वास्थ्य कार्यालयले जनाएको छ। स्थानीय हरिशरण कार्कीले बिहान, बेलुका कर्मचारी ओसार्ने धुलिखेल अस्पतालका बस असुरक्षित रहेको गुनासो गर्छन्।

    सरकारले दुईवटामध्ये एउटा सिटमा एकजना बस्ने भने पनि दुईवटै सिटमा कर्मचारी बस्ने गरेको, काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँबाट नर्स, दन्त्य चिकित्सक र अन्य कर्मचारी आउने जाने गरेको बताउदै कार्कीले भने, “अस्पतालका स्टाफ भनेर के गर्नु, कसैको हातमा पनि पञ्जा देखिंदैन, सँगै सिटमा बसेर आएका हुन्छन्, एउटै बस धुलिखेलबाट उपत्यका घुमेर आउँदा कोरोना सङ्क्रमण पक्कै फैलाउँछ, यहाँ अस्पतालबाटै समुदायमा सङ्क्रमण फैलिरहेको छ।”

    सूर्यविनायक नगरपालिका­५ कटुञ्जेमा एकै परिवारका सबैमा कोरोना सङ्क्रमण भेटियो। उनीहरुको यात्रा विवरण भनेको नेपाल­कोरिया मैत्री नगरपालिका अस्पतालमा बिरामी कुर्ने र फर्कने गरेको पाइएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। मध्यपुर अस्पताल र नागरिक अस्पताल गठ्ठाघरमा अन्य रोगको उपचारमा आएका बिरामीमा पनि कोरोना सङ्क्रमण पुष्टी भएको तर अस्पतालले सावधानी नअपनाएको बिरामी एवं कुरुवाको गुनासो छ।

    भक्तपुरमा अहिलेसम्म ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्यसमध्ये सबभन्दा धेरै अस्पतालका बिरामी, बिरामी कुरुवा, बिरामी भेट्न जानेहरु रहेको कार्यालयका प्रमुख कृष्ण मिजार बताउछन्।

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विभिन्न रोगको उपचारका लागि विभिन्न अस्पतालको सम्पर्कमा आएका कति प्रतिशतलाई सङ्क्रमण छ भनेर अनुसन्धान गर्ने बताए।

    उन सावधानी नअपनाउँदा अस्पतालबाट पनि सङ्क्रमण फैलिने भएकाले अत्यावश्यक कामबाहेक अस्पताल नजान आग्रह गर्छन्। धुलिखेल अस्पताल नमूना मात्रै हो, अन्य अस्पतालको अवस्था पनि उस्तै छ।

    अस्पतालका सवारी साधनमा ओहोरदोहोर गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरेको, अस्पतालका गाडीको बाहिर­भित्र दैनिक डिसइन्फेक्सन नगरेको, अस्पतालको कर्मचारीलाई पिपिईलगायतका अत्यावश्क सुरक्षा सामग्रीको उपलब्धता नगराई काममा लगाउने गर्दा कर्मचारीबाटै पनि घर तथा समुदायमा सङ्क्रमण फैलिएको हुनसक्ने भएकाले सङ्क्रमितको अनुसन्धान आवश्यक रहेको डा होमप्रसाद आचार्य बताउछन्।

    उनले अस्पताल व्यवस्थापनको लापर्वाहीका कारण पनि सङ्क्रमण फैलिने भएकाले कोरोना सङ्क्रमित र अन्य बिरामीको उपचार गर्ने अस्पताल फरक फरक बनाउनु आवश्यक रहेको डा आचार्यको भनाइ छ।

    सरकारले निजी अस्पताललाई २० प्रतिशत शय्या कोभिडका बिरामीलाई छुट्याउन निर्देशन दिनुभन्दा निश्चित मेडिकल कलेज, अस्पताललाई सरकारले अस्थायी रुपमा नियन्त्रणमा लिई कोभिडका बिरामीको मात्रै उपचार गर्ने अस्पताल बनाउनुपर्ने बताउछन् डा सलिम चौधरी।

    कोभिडका बिरामी र कोभिड नभएका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्नु घातक हुने बताउदै उहाँले सरकारले कोभिड अस्पताल घोषणा गरेर फरक फरक अस्पतालमा उपचार गर्नु पर्ने बताउँदै डा. चौधरीले चीनमा गरिएको उपचारको शैलीबाट नेपालले सिक्नु पर्ने बताउछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑