पर्सा । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ६० जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
शुक्रबार राति गरिएको परीक्षणमा बाराका ५ जना, रौतहटका एक जना र बाँकी पर्साका बासिन्दा हुन् ।
४५० वटा स्याम्पल परीक्षण गर्दा ८ महिलासहित ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये २५ जना पर्सागढी नगरपालिकाका बासिन्दामध्ये १७ जना संक्रमित वडा नम्बर ६ वागेश्वरीका हुन् । ठोरी गाउँपालिका-१ मा दुई जना र वडा नम्बर ४ मा एक जनामा कोरोना देखिएको छ ।
पटेर्वासुगौली गाउँपालिकामा तीन जना, सखुवाप्रसौनी गाउँपालिकामा एक जना, पकाहामैनपुर गाउँपालिकामा दुईजना स्वास्थ्यकर्मीसहित तीन जना र जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एक जना प्रहरीलाई कोरोना संक्रमण भएको छ ।
वीरगन्जको एक औषधि उद्योगका ८ जना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ । अन्य संक्रमितहरु वीरगन्जको विर्ता, ड्राईपोर्ट, रानीघाट, नगवा, मुर्ली र बेल्वाका हुन् ।
३० जना कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमित पाइएका छन् । ५ जना संक्रमितमा ज्वारो, खोकी र छाती दुख्ने लक्षण देखिएको छ ।