वीरगंज। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार रातीसम्मको तथ्यांक अनुसार नेपालमा ४२ जिल्लाका १३७ कोरोना संक्रमितको मृत्यु भएको छ। शुक्रबार मात्रै ११ जनाको संक्रमितको मृत्यु भएको छ।
सबैभन्दा धेरै संक्रमितको मृत्यु प्रदेश २ मा भएको छ। प्रदेश नम्बर २ का सबै ८ जिल्लामा ५७ जना संक्रमितको मृत्यु भएको छ। त्यसमा पनि पर्सामा मात्र २५ जना संक्रमितको मृत्यु भएको छ। जिल्लाका एक हजार ८६९ संक्रमितमध्ये २५ को मृत्यु भएको छ।
एक हजार १८३ संक्रमित भएको धुनषामा ११ जनाको मृत्यु भएको छ। बारामा हालसम्म देखिएका ६०० संक्रमितमध्ये ७ जनाको मृत्यु भएको छ।
६९१ संक्रमितमध्ये सप्तरीमा ५ जनाको मृत्यु भएको छ।रौतहटमा १ हजार ७३४ संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ। सर्लाहीमा १ हजार २९२ संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ।
सिरहामा ३६९ संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ। महोत्तरीमा १ हजार ११३ संक्रमित मध्ये १ जनाको मृत्यु भएको छ।
प्रदेश १ का २ जिल्लामा १४ जना संक्रमितको मृत्यु भएको छ। मोरङका १ हजार २७० संक्रमित मध्ये १३ र सुनसरीका ४३२ मध्ये १ जना संक्रमितको मृत्यु भएको छ।
बगमती प्रदेशका ९ जिल्लामा २९ संक्रमितको मृत्यु भएको छ। सबैभन्दा धेरै काठमाडौंमा २ हजार २९५ संक्रमितध्ये १२ जनाको मृत्यु भएको छ। काभ्रेपलान्चोकमा ८६ संक्रमितमध्ये २ जना र चितवनमा ३१७ संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ।
दोलखामा ३० संक्रमितमध्ये २ जना, धादिङमा १७९ संक्रमितमध्ये १ जना, भक्तपुरमा १९५ संक्रमितमध्ये १ जनाको मृत्यु भएको छ। मकवानपुरमा २५६ संक्रमितमध्ये २ जना, ललितपुरमा ३९२ संक्रमितमध्ये २ जना, सिन्धुपाल्चोकमा ८४ संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ।
गण्डकी प्रदेशका ६ जिल्लामा हालसम्म ८ संक्रमितको मृत्यु भएको छ। कास्कीका २७८ संक्रमितमध्ये २ जना, गोरखाका १४९ संक्रमित मध्ये १ जना, तनहुँका २३३ संक्रमितमध्ये १ जना संक्रमितको मृत्यु भएको छ।
म्याग्दीका ४९ संक्रमितमध्ये १ जना, बाग्लुङका २८२ संक्रमितमध्ये १ जना र स्याङजाका ३२२ संक्रमितमध्ये २ जना संक्रमितको मृत्यु भएको छ।
प्रदेश ५ मा १० जिल्लामा १७ जना संक्रमितको मृत्यु भएको छ। अर्घाखाँचीका ३५२ संक्रमितमध्ये १ जना, कपिलवस्तुका १ हजार १७ संक्रमितमध्ये ३ जना, गुल्मीका ३८४ संक्रमितमध्ये ३ जना, दाङका ७५३ संक्रमितमध्ये १ जना, नवलपरासीका १४५ संक्रमितमध्ये १ जना र पाल्पाका ५७४ संक्रमितमध्ये १ जना संक्रमितको मृत्यु भएको छ।
त्यसैगरी, प्युठानका ४१५ संक्रमितमध्ये १ जना, बर्दियाका ३०७ संक्रमितमध्ये १ जना, बाँकेका ८०६ संक्रमितमध्ये ४ जना र रुपन्देहीका ६२५ संक्रमितमध्ये १ जना संक्रमितको मृत्यु भएको छ।
कर्णाली प्रदेशमा ३ जिल्लाका ४ जना संक्रमितको मृत्यु भएको छ। डोल्पाका ६ संक्रमितमध्ये १ जना, दैलेखका १ हजार ६ संक्रमितमध्ये १ र सुर्खेतका ६६७ संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा ८ जना संक्रमितको मृत्यु भएको छ। अछामका ८०९ संक्रमितमध्ये २ जना, कैलालीका १ हजार ४०६ संक्रमितमध्ये ४ जना, बझाङका २९९ संक्रमितमध्ये १ जना र बाजुराका ६२३ संक्रमितमध्ये १ जना संक्रमितको मृत्यु भएको छ।