• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संघीय संसदको लोगो सच्याइँदै, खर्च घरेलु तथा साना उद्योगकै

  • वीरगंज संजाल
  • ५ भाद्र २०७७, शुक्रबार १९:५५
  • ४११७

    । संघीय संसदका पदाधिकारी र सदस्यहरुले लगाउने संघीय संसदको प्रतिक चिन्ह ब्याच पिनको आलोचना भएपछि त्रुटी सच्याइने भएको छ ।

    गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो ।

    सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो  र रोष्टममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय गरेको थियो ।

    कार्यव्यवस्था परामर्श समितिको सोही निर्णय अनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो ।  संघीय संसदले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई लोगो बनाउने जिम्मा दिइएको थियो ।

    तर, प्रतिक चिन्हमा नेपालको नक्सा बिग्रिएको र ‘फिनिसिङ’समेत नभएको भन्दै सांसदहरुले नै असन्तुष्टि जनाएपछि लोगो सच्याउन सचिवालय तयार भएको हो ।

    साउन ३२ मा अद्यावधिक नक्सा अंकित लोगो संघीय संसदका पदाधिकारीलाई हस्तान्तरण गरिएको थियो । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाललाई लोगो हस्तान्तरण गरेका थिए । सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले नयाँ लोगो लगाएका पनि थिए ।

    लोगो सच्याइने

    सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले बुधबार विज्ञप्ति जारी गरेरै प्रतिक चिन्ह सच्याइने जानकारी दिए । “ब्याच पिनहरुमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएकाले सोको सुधार र परिमार्जनका लागि फिर्ता पठाइएको छ,” सचिवालयले भनेको छ, “ प्रतिक चिन्हको ब्याच पिनको सम्बन्धमा यसको स्तरीयता र निर्धारित मापदण्ड अनुसारको निर्माण गरी प्रयोगमा ल्याउने कार्य गरिरहेको जानकारी गराउँदछ ।”

    लोगो सच्याउने खर्च उद्योग कार्यालयकै 

    उद्योग विभागले बनाएको दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । लोगो बाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको सचिव ध्रुवप्रसाद घिमिरेले बताए । ३ सय ५० थान लोगो बनाइएको छ । जसको कूल खर्च करिब २० लाख भएको छ ।

    लोगो कहिलेसम्म सच्याइएर आइसक्छ समय तय नगरिएको भएपनि जतिसक्दो छिटो गर्ने सहमति भएको उनले जानकारी दिए । त्यस्तै, लोगो सच्याउनका लागि लाग्ने खर्च संसद सचिवालयले नबेहोर्ने र घरेलु तथा साना उद्योग कार्यालयले नै बेहोर्ने सहमति भइसकेको सचिव घिमिरेको भनाइ छ ।

    संसदको लोगो फिर्ता, परिमार्जन गरिने 

    “सबै लोगो बिग्रिएको पनि देखिएन । हस्तकला ठ्याक्कै फोटोजस्तो त हुँदैन । थोरैप्रति बिग्रिएको र बिग्रिएको लोगोनै मिडियामा आयो । केहीमा रंगहरु लतपतिएको पाइयो,” उनले भने, “विभागबाट केही कमजोरी देखियो । लोगो विग्रएको कुरा आयसकेपछाडी सच्याउनु त परिहाल्यो ।”

    भएका गल्ती कमजोरी लोगोमा सच्याएर आउने पनि सचिव घिमिरेले जानकारी दिए ।

    संसदको नयाँ प्रतीक चिन्हका डिजाइनर ८७ वर्षीय टेकवीर मुखिया हुन । उनले यस अघिको लोगोको पनि डिजाइन गरेका थिए । लोगो सो कार्यालयमा रहेका कलाकारहरुले करिब डेढ महिना लगाएर हातैले कुँदेर (मेसिनविनै) तयार पारेका थिए । लोगो त्रुटीपूर्ण भएपछि डिजाइनर मुखियाले पनि असन्तुष्टि जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑