वीरगंज | नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ। गत २४ घण्टामा ८ सय ३८ जना भेटिएसँगै संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको हो।
५० जिल्लाका २ सय ९२ महिला र ५ सय ४६ पुरुष गरी ८ सय ३८ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को सात जिल्लाका ८९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। इलामका २, उदयपुरका ४, झापाका ७, ताप्लेजुङका १÷१, मोरङका ४५ र सुनसरीका २९ जनामा कोरोना पुष्टि भएको हो।
प्रदेश २ को ७ जिल्लाका १ सय ७९ जनामा कोरोना भेटिएको छ। कोरोना भेटिनेमा धनुषाका ३, पर्साका ८०, बाराका ४०, रौतहटका ११, सप्तरीका ५, सर्लाहीका २४ र सिराहाका १६ जना छन्।
बागमती प्रदेशमा गत २४ घण्टामा २ सय ५० जनामा कोरोना पाइएको छ। १० जिल्लाका २ सय ५० जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र १ सय ४२, चितवनमा २३, दोलखा र धादिङमा १÷१, नुवाकोटमा २, भक्तपुरमा १५, मकवानपुरमा ३२, रसुवामा १, ललितपुरमा २५ र सिन्धुलीमा ८ जना संक्रमित भेटिएका छन्।
यस्तै, गण्डकी प्रदेशमा ६ जिल्लाका २७ जनामा कोरोना भेटिएको छ। मन्त्रालयका अनुसार कास्कीमा १, नवलपरासी पूर्वमा १९, पर्वतमा १, मनाङमा २, बागलुङमा ३ र स्याङजामा १ जनामा कोरोना भेटिएको हो।
प्रदेशमा ५ को १० वटा जिल्लामा ५९ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा अर्घाखाँचीका १, कपिलवस्तुका २, गुल्मीका १, दाङका ४, पाल्पाका १, प्युठान र बर्दियाका ६÷६, बाँकेका २०, रुपन्देहीका १७ र रोल्पाका १ जना छन्।
यस्तै, कर्णाली प्रदेशको ४ जिल्लाका ५८ जनामा कोरोना पाइएको छ। कालिकोटमा १, जुम्लामा ५३, दैलेखमा १ र रुकुम पश्चिममा ३ गरी ५८ जनामा कोरोना पाइएको प्रवक्ता गौतमले बताए।
सुदूरपश्चिमको ६ जिल्लामा १ सय ७६ जनामा कोरोना भेटिएको छ। अछाममा ३८, कञ्चनपुरमा १४, कैलालीमा ८५, डडेल्धुरामा २, डोटीमा ३४ र बैतडीमा ३ जनामा कोरोना भेटिएको हो।
कुल संक्रमितमध्ये हाल १२ हजार १ सय ३२ जना सक्रिय संक्रमित छन्। क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या १२ हजार २ सय ३४ पुगेको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर गर्नेको संख्या ५ लाख ७९ हजार ८ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ।