वीरगंज। पछिल्लो चौविस घण्टामा देशभर थप ८३८ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ५७९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ८३८ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप २५० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १८ हजार २१४ सय पुगेको छ ।
देशभरका क्वारेनटिनमा १२ हजार २३४ जना रहेका छन् । त्यसैगरी होम क्वारेनटिनमा ३ हजार ५८६जना छन् ।