विरगंज । बीरगन्जमा काेराेनाबाट आजै थप एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बीरगन्ज महानगरपालिका वडा नम्बर १० रानीघाटका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो।
गण्डक बहुअरीस्थित बीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो करिब १ बजे कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो।मुटु राेगले ग्रस्त उनी दिर्घराेगी हुन् ।
साउन ३१ गते नारायणी अस्पतालको आइसीयूमा भर्ना भएका ती पुरूषमा साउन ३२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई नारायणी अस्पतालबाट वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगिएको थियो।आइसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो।
योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ। साउनमा मात्रै ३० जनाको मृत्यु भएको छ ।बीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३३ मध्ये पर्साका २६, बाराका ५ र रौतहटका २ छन्।
जेठ ३१ गते बीरगन्जको घण्टाघरमा मृत भेटिएका एक संक्रमित युवकको भने पहिचान खुलेको छैन। येसरी हरेक दिन एक ब्याक्तीको मुत्युहुदा पनि यहाको प्रशासनको ध्यान पुग्न नसक्नुको कारणकेहोला त ? किन ब्यवस्थापन लाई सुधारन सकेको छै न ?