वीरगंज | भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी घरमा नै मनाइँदैछ। आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान विरअलिखया मठक्षेत्रमा बर्तालु महिला देवादिदेव महादेवको पूजा आराधना गर्न पुग्थे ।
तर, पहिलोपटक यो वर्ष कोरोनाको महामारीलाइ नियन्त्रण गर्न जारी गरिएकाे निषेधाज्ञाका कारण यसपालीकाे तीजमा बीरगन्ज लगायत देशैभरिका शिवालयहरू सुनसान छन् |
कोरोनाको महामारीका कारण देशभरका मुख्य शिवालयमा पनि नित्य पूजा बाहेक सबै गतिविधि बन्द गरिएको छ । निषेधाज्ञाका कारण यसपाली बीरगन्ज लगायत देशैभरिकाे शिवालयमा दर्शनार्थीहरूकाे उपस्थिती छैन ।