• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    न्यायालयका विसंगति अध्ययन गरिएका प्रतिवेदन सर्वोच्चमै अलपत्र

  • वीरगंज संजाल
  • ५ भाद्र २०७७, शुक्रबार ०९:२५
  • २६१३

    वीरगंज  | ०६६ र ०७२ मा गठित समितिका प्रतिवेदन अलपत्र रहेको अवस्थामा सर्वाेच्च अदालतले न्यायालयभित्रका विकृति र विसंगति अध्ययन गर्न तेस्रो पटक समिति गठन गरेको छ । अघिल्ला दुई समितिका प्रतिवेदन कार्यान्वयन गर्नु त परको कुरा सार्वजनिक समेत गरिएका छैनन् ।

    ६६ पुसमा सर्वोच्चका तत्कालीन न्यायाधीश रामप्रसाद श्रेष्ठको संयोजकत्वमा ‘विकृतिविहीन न्यायपालिकाको विकासका लागि अध्ययन कार्यदल’ बनेको थियो, जसमा तत्कालीन न्यायाधीशहरू प्रकाश वस्ती, खिलराज रेग्मी र गिरीशचन्द्र लाल सदस्य थिए ।

    सोही वर्ष फागुन तेस्रो साता कार्यदलले तत्कालीन प्रधानन्यायाधीश मीनबहादुर रायमाझीलाई प्रतिवेदन बुझायो । तर, न प्रतिवेदन सार्वजनिक भयो, न त त्यसको सुझाब कार्यान्वयन भए–नभएको जानकारी नै ।

    यस्तै, साउन ०७२ मा तत्कालीन न्यायाधीश लालको संयोजकत्वमा ‘न्यायपालिकामा विकृति–विसंगति अध्ययन समिति’ गठन भयो । समितिमा न्यायाधीशहरू गोविन्दकुमार उपाध्याय र वैद्यनाथ उपाध्यायसहित पाँच सदस्य थिए । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई सोही वर्ष मंसिर अन्तिममा समितिले प्रतिवेदन बुझायो । तर, त्यो प्रतिवेदन पनि अलपत्र पर्‍यो ।

    दुवै समितिमा रहेका लाल निष्कर्ष छ, ‘कुनै विवाद आउँदा सामसुम पार्न यस्ता समिति बनाइने गर्छ । र, विवाद साम्य भएपछि समितिका प्रतिवेदन कार्यान्वयन गर्न बेवास्ता गरिन्छ ।’ पुरानै प्रतिवेदन कार्यान्वयन गरे हुने अवस्थामा नयाँ समिति बनाउनुको औचित्य नरहेको उनको बुझाइ छ ।

    लालका अनुसार समितिले निकाल्ने निष्कर्षबारे प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने पक्ष सुरुमै जानकार हुन्छ, तर ती सुझाब कार्यान्वयन हुँदैनन् । ‘सुधार गर्ने मनसाय भए प्रधानन्यायाधीशले ८० प्रतिशत परिवर्तन एक्लैले ल्याउन सम्भव छ । त्यो अठोटमा कमी भयो जस्तो लागिरहेको छ,’ उनी भन्छन् ।

    नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले यसपटक प्रतिवेदन कार्यान्वयनका लागि दबाब दिइने बताए । ‘अदालतभित्र विकृति, विसंगति, भ्रष्टाचार र बिचौलियाको बिगबिगी छ भन्ने स्विकार्दै सर्वोच्चले त्यसका लागि समिति गठन र न्यूनीकरणका उपाय खोज्ने गरे पनि प्रतिवेदन भने थन्क्याएर राख्ने गरेको छ,’ उनले भने, ‘यसपटक बार पनि सहभागी भएकाले हामीले प्रतिवेदन सार्वजनिक र कार्यान्वयनका लागि दबाब दिनेछौँ ।’ यसअघि बारले अध्ययन गरेर बुझाएको प्रतिवेदन पनि थन्किएको छ ।

    उच्च अदालतका एक पूर्व मुुख्यन्यायाधीश यस्ता समितिको कुनै अर्थ नहुने बताउँछन् । भन्छन्, ‘पछिल्लो समय सर्वोच्चबाट केही विवादास्पद फैसला भए । तिनकै ढाकछोप र विषयान्तरका लागि समिति बनाइएको प्रतीत हुन्छ ।’

    पछिल्लो समय श्रीमतीको हत्या आरोप पुष्टि भएका सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाइएको र मादक पदार्थ सेवन गरेका पृथ्वी मल्लले चलाएको सवारीसाधनको ठक्करबाट फुटपाथमा हिँडिरहेकी महिलाको ज्यान गएको घटनामा सर्वोच्चले गरेको फैसलामाथि आलोचना भइरहेको छ ।

    पछिल्लो पटक न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गत शुक्रबार पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा न्यायपरिषद्, महान्यायाधिवक्ताको कार्यालय, बार एसोसिएसन र सर्वोच्च बार एसोसिएनका प्रतिनिधि रहनेछन् ।

    सर्वोच्चका पछिल्ला फैसला विवादमा परेपछि यस्तो समिति गठन भएको हो । समितिलाई प्रतिवेदन पेस गर्न तीन महिना समय दिइएको छ । न्यायपालिकामा अनियमितता, भ्रष्टाचार एवं बिचौलियाबाट हुन सक्ने क्रियाकलाप अध्ययन तथा तिनको रोकथामका उपायसमेत सुझाउन समितिलाई जिम्मेवारी दिइएको छ । नयाँ पत्रिका दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑