चितवन । चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा भदौ ४ गते गरिएको परिक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ ।अस्पतालले भदौ ४ गते कुल ३०६ नमुना परिक्षण गरेकोमा २६ जनाको पोजेटिभ आएको जानकारी दिएको छ ।
प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा चितवन जिल्लाका २२ जना रहेका छन् भने नवलपुर, पर्बत, पर्सा र मकवानपुरका एकएक जना रहेका छन् ।
चितवनका नयाँ संक्रमितहरुमा भरतपुर महानगरपालिकाका १९ जना छन् भने राप्ती नगरपालिकाका ३ जना रहेका छन् ।अस्पतालले यो नतिजा भदौ ४ गते राति १२ बजेसम्मको भएको जानकारी दिएको छ ।