बीरगन्ज।नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ। गत २४ घण्टामा ७ सय ७ जना थपिएसँगै कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
५२ जिल्लाका १ सय ९२ महिला र ५ सय १५ महिला गरी ७ सय ७ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। पछिल्लो २४ घण्टामा पर्सामा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो |
आज थपिएका संक्रमितको संख्यासँगै पर्साका हालसम्म कोरोना पुष्टि भएको संख्या १६ सय ६१ पुगेको छ । जसमा १३०५ जना पुरुष छन् भने ३५६ जना महिला रहेका छन् ।
यता, आज कोही पनि संक्रमित निको भएर डिस्चार्ज भएका छैनन् । यद्यपि, हालसम्म पर्सामा ३३८ जनाले कोरोना जितिसकेका छन् । हालसम्म २६८ जना पुरुष र ७० जना महिलाले कोरोनालाई जितेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यसैबीच, हाल पर्साका दुई अस्थायी कोरोना अस्पतालमा हाल १३६ जना संक्रमित उपचाररत रहेका छन् । अस्पतालको आईसोलेसनमा रहेको संक्रमितमा १११ पुरुष र २५ महिला महिला रहेका छन् । यस्तै, ४१९ पुरुष र २०४ महिला गरी जम्मा ६२३ जना संक्रमित हालसम्म पनि चिकित्सको पहुँच बाहिर होम आईसोलेसनमा रहेका छन् ।