बीरगन्ज। पर्सामा कोरोना संक्रमितहरुको संख्या १६ सय नाघेको छ ।पछिल्लो २४ घण्टामा पर्सामा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
पाेखरिया नगरपालिकामा एक वडाध्यक्षसहित थप १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
यस्तै संक्रमित हुनेमा ७ जना पर्साकाे पाेखरिया नगरपालिकाकाे कर्मचारीसमेत रहेकाे पाेखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल कुमार यादवले वताए ।
पर्साकाे पाेखरिया नगरपालिकाकाे एक जना एम्बुलेन्सका चालक, एक जना सरसफाई कर्मचारी, २ जना कार्यालय सहयाेगि, २ जना फार्मेसीमा काम गर्ने कर्मचारी र एक जना अस्पताल इमरजेन्सीमा काम गर्ने कर्मचारीमा संक्रमण देखिएकाे हाे ।
संक्रमण पुष्टि हुनेमा ४ जना महिलासमेत रहेकाे छन् ।