वीरगञ्ज। काठमाडौं उपत्यकामा नोभेल कोरोना भाइरसका २०० संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा २०० संक्रमित थपिएका हुन् ।
जस अनुसार काठमाडौंमा १७४ जना, ललितपुरका १८ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।