वीरगञ्ज। नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म दुई डीआईजीसहित ७४१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।
तीमध्ये २८४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ४५७ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १६९ र उपत्यकाका ३८ जना सक्रिय संक्रमित छन् ।
यसैगरी प्रदेश १ मा २९, प्रदेश २ मा ६२, वाग्मती प्रदेशमा ४८, गण्डकीमा ४३, प्रदेश ५ मा ५५, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ६ जना सक्रिय संक्रमित छन् ।