• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निजी विद्यालयले संकाय प्रणालीमै भर्ना खोले

  • वीरगंज संजाल
  • ४ भाद्र २०७७, बिहीबार ११:४९
  • ६३९७

    वीरगञ्‍ज। शिक्षा मन्त्रालय र निजी विद्यालयका कारण कक्षा ११ मा भर्ना हुने विद्यार्थी अन्योलमा परेका छन् । शिक्षा मन्त्रालयले यही शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन हुने जनाएको छ ।

    गत आइतबार एसईईको नतिजा सार्वजनिक भएपछि केही निजी विद्यालयले भने पुरानै पाठ्यक्रम (संकाय प्रणाली) अनुसार अनलाइनबाट भर्ना आह्वान गरेका छन् ।

    कोरोना संक्रमण बढेपछि सरकारले भदौ १५ गतेसम्म भर्ना रोके पनि अधिकांश निजी विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, संकायमा भर्ना खुलेको सूचना सार्वजनिक गरेका छन् । नयाँ पाठ्यक्रममा संकाय प्रणाली खारेजी गरिएको छ । विद्यार्थीले कक्षा ९ र १० मा जस्तै कक्षा ११ मा अनिवार्यसहित ऐच्छिक विषय छनोट गरेर पढ्न पाउने व्यवस्था गरिएको छ ।

    काठमाडौं उपत्यकाका ठूला र नाम चलेका निजी विद्यालयले एसईईको नतिजा नआउँदै संकाय प्रणालीमै प्रि–भर्ना र रजिस्ट्रेसन आह्वान गरेका थिए ।

    दुई वर्षअघि पाठ्यक्रमको प्रारूप तयार हुँदादेखि नै नयाँ पाठ्यक्रममा निजी विद्यालयको असन्तुष्टि रहेको छ । कोरोना संक्रमणको कारण देखाएर विद्यालयका सञ्चालक नयाँ पाठ्यक्रम लागू गर्न नसकिने तर्क गर्न थालेका छन् ।

    शिक्षक, विद्यार्थी र अभिभावक भने नयाँ कि पुरानो पाठ्यक्रमका आधारमा पढाइ हुने अब स्पष्ट हुनुपर्ने बताउँछन् ।

    केन्द्रले नयाँ पाठ्यक्रम लागू गर्न आवश्यक तयारी पूरा भइसकेको जनाएको छ । ‘सरकारले नयाँ पाठ्यक्रम भनेको छ, स्कुलहरूले पुरानै तरिकाले भर्ना खोलेका छन्,’ कक्षा ११ मा भर्ना हुने तयारीमा रहेका विद्यार्थी सन्देश थापाले भने, ‘कोरोनाले कक्षा हुने/नहुने पनि थाहा छैन, नयाँ कि पुरानो पाठ्यक्रमले झनै अलमल गरायो ।’

    आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा लैजान पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले निर्णय गरिसकेको छ । कक्षा ११ मा भर्ना हुने आधारहरू समेत तय भइसकेको छ । केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालका अनुसार अनिवार्य विषयका पाठ्यपुस्तक छपाइको कामसमेत सकिएको छ । नयाँ पाठ्यक्रममा कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक तथा जीवनोपयोगी शिक्षा अनिवार्य विषयका रूपमा पठनपाठन हुनेछ । ऐच्छिक विषयका लागि चारवटा विषयगत समूह बनाइएको छ ।

    ती समूहबाट विद्यार्थीले ३ विषय छानेर पढ्न पाउने व्यवस्था छ । ‘अग्रेजी र नेपाली विषयको पाठ्यपुस्तक जनक शिक्षामा छापिँदै छ, केही दिनमा बजारमा आउँछ,’ उनले थपे, ‘ऐच्छिक विषयका पाठ्यपुस्तक निजी क्षेत्रबाट तयार भएको छ, मूल्यांकन र स्वीकृत गरेर छाप्न भन्छौं ।’ सामाजिक र जीवनोपयोगी शिक्षा विषयको पनि पाठ्यक्रम बनाएर पुस्तक छपाइको प्रक्रिया सुरु गरिएको उनले जनाए ।

    संकाय प्रणाली अन्त्य भइसकेकाले त्यसअनुसार भर्ना आह्वान गर्नु बदमासी भएको महानिर्देशक दाहालले बताए । ‘हिजो संकायअनुसार पढाइ हुन्थ्यो, यसपालिदेखि हुँदैन, खारेज भइसक्यो, संकाय नै छैन, त्यसअनुसार भर्ना खोल्छन् भने अभिभावक र विद्यार्थी पनि सचेत हुनुपर्छ ।’ नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गराउन विद्यालयहरूलाई परिपत्रसमेत गरिएको केन्द्रले जनाएको छ । ‘कक्षा ११ र १२ विद्यालय शिक्षा हो, ९–१० कक्षामा जसरी अनिवार्य र ऐच्छिक विषयअनुसार पढाइ हुन्छ, ११–१२ मा पनि त्यसैगरी पढाइ हुन्छ,’ उनले भने । नयाँ व्यवस्थाअनुसार कक्षा ११–१२ मा संकाय र कलेज भन्न पाइँदैन । तर निजी विद्यालयले संकाय र कलेज भन्न छाडेका छैनन् ।

    देशभर कक्षा ११ र १२ पढाइ हुने १० हजार ३ सय ७३ सामुदायिक र ४ हजार ६ सय ५८ निजी विद्यालय छन् । ती सबैमा यसपटकबाट ३ अनिवार्य र ३ ऐच्छिकसहित ६ विषयको पठनपाठन हुने मन्त्रालयले जनाएको छ । उच्चशिक्षामा कुन संकाय पढ्ने त्यसअनुसार कक्षा ११ र १२ मा विषय रोज्न पाउने व्यवस्था गरिएको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए । ‘उच्चशिक्षामा विज्ञान संकाय पढ्नेले गणित, फिजिक्स, केमेस्ट्री, बायोलोजीलगायत विज्ञानसँग सम्बन्धित विषय रोज्न सक्छन् ।

    व्यवस्थापनतर्फ जाने विद्यार्थीले अर्थशास्त्र, फाइनान्स, मार्केटिङ, बिजनेस स्टडी, एकाउन्टलगायत विषय ऐच्छिक रोज्न पाउँछन्,’ उनले भने । भाषाका विषयमा उच्चशिक्षा अध्ययन गर्न पाउनेले अंग्रेजी, नेपाली, पत्रकारितालगायतका विषय छान्न पाउने व्यवस्था गरिएको छ । करिब एक सय ऐच्छिक विषय राखिएको छ ।

    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले भने यसपटक नयाँ पाठ्यक्रम लागू गर्न नसकिने जनाएको छ । सरकारलाई समेत यस विषयमा जानकारी गराइएको हिसान महासचिव लोकबहादुर भण्डारीले बताए । ‘नयाँ पाठ्यक्रम लागू हुने कुरा हामीलाई औपचारिक रूपमा जानकारी छैन, त्यसैले पुरानै तरिकाले भर्ना खोलिएको हो ।’ कोभिड संक्रमणका कारण पुरानै पाठ्यक्रमका आधारमा पठनपाठन गराउन पनि चुनौतीपूर्ण रहेको उनले औंल्याए ।

    ‘सरकारले शैक्षिक सत्र गुम्न नदिनेतिर ध्यान दिनुपर्ने हो,’ उनले भने, ‘तयारीबिनै नयाँ पाठ्यक्रम कार्यान्वयनमा जान सकिँदैन ।’ नयाँ पाठ्यक्रममा जाँदा शिक्षक तालिम अनिवार्य हुनुपर्ने विद्यालय सञ्चालकको तर्क छ । अधिकांश कक्षा ११–१२ पढाइ हुने निजी विद्यालय संकायका संरचनामा खुलेका छन् ।

    नयाँ व्यवस्थामा जाँदा विद्यार्थी घट्ने त्रासमा उनीहरू रहेको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । नयाँ पाठ्यक्रमअनुसार ६ विषय पठनपाठन गराउँदा शिक्षकको भारसमेत थपिने निश्चित छ । अघिल्लो वर्षदेखि नै उनीहरूले नयाँ पाठ्यक्रम लागू नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीदेखि उच्च राजनीतिक तहमा समेत लबिइङ गर्दै आएको स्रोतको दाबी छ ।

    प्रधानमन्त्रीनिकट हिसान अध्यक्ष रमेश सिलवालले निजी विद्यालय सञ्चालकहरूको एक भेलामा नयाँ पाठ्यक्रम लागू हुन नदिन आफूले लबिइङ गरिरहेको बताएको एक सञ्चालकले बताए । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहने परिषद्ले भने गत माघ २ मै कक्षा १ र ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाउने निर्णय गरेको थियो ।

    शिक्षा मन्त्रालयका एक उच्च अधिकारी भने निजी विद्यालय सञ्चालकहरू नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न हतारमा संकायअनुसारको भर्नामा जुटेको बताउँछन् ।शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले तोकेभन्दा अन्य पाठ्यक्रमबाट अध्ययन अध्यापन गराउन कसैलाई पनि छुट नदिइने बताए ।

    ‘संकाय प्रणालीबाट भर्ना खोल्छन्, पढाउँछन् भने पनि राष्ट्रिय परीक्षा बोर्डले नयाँ पाठ्यक्रमकै आधारमा परीक्षा लिन्छ,’ उनले भने । पाठ्यक्रमविपरीत भर्ना खोल्ने निजी विद्यालयलाई स्थानीय तहले पनि निगरानी र अनुगमन गरेर कारबाही गर्नुपर्ने उनको भनाइ छ । ‘हामी पनि हेर्दैछौं, स्थानीय तहले पनि कारबाही गर्नुपर्छ,’ उनले भने । कान्तिपुर दैनिकमा सुदीप कैनीले खबर लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑