एप्पललाई एक ट्रिलियन अमेरिकी डलर सम्पत्ति बनाउन ४२ वर्ष लाग्यो। तर उसले दुई वर्षमा २ ट्रिलियन डलर पुर्याएको छ।
एप्पलको सबै दोस्रो १ ट्रिलियन सम्पति गत २१ सातामा बढेको हो। विश्वव्यापी अर्थव्यवस्था कोरोना भाइरसको महामारीले संकुचित भएको अवस्थामा एप्पलले कमाएको मुनाफा आश्चर्यजनक छ।
बुधबार, एप्पल २ ट्रिलियन डलर मुल्य निर्धारण गर्ने पहिलो अमेरिकी कम्पनी बन्यो, यसलगत्तै यसको सेयर १ दशमलव २ प्रतिशतले ४६७.८ डलरमा उकालो लाग्यो। आइफोन, म्याक कम्प्युटर्स र एप्पल वाच निर्माण कम्पनीका लागि यो अर्को माइलस्टोन हो। उसले आफूलाई विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनीको रुपमा आफूलाई ठड्याउन सफल भएको छ।
एप्पल २ ट्रिलियन डलर भएको दोस्रो ठूलो सार्वजनिक कम्पनी हो। यसअगाडि साउदी अरेबियाको तेल कम्पनी साउनदी अर्माकोले डिसेम्बरमा २ ट्रिलियन डलरमा पुगेको बताएको थियो।
एप्पलले विगत दुई वर्षमा त्यति नयाँ काम पनि गरेको छैन। केवल कम्युनिकेट, मानिसको मनोरञ्जन गर्ने लगायतका वस्तुमा आफ्नो पकड कायम गरेको छ। आफ्नो व्यापारलाई बढाउन कुनै ग्राउन्डब्रेकिङ आविष्कारमा निर्भर छैन।
प्रमुख कार्यकारी टिम कुकको नेतृत्वमा रहेको एप्पलमा हालका वर्षहरूमा यथोचित मुनाफा आर्जन गर्र्ने किसिमको उत्पादन गर्ने यसको क्षमता अतुलनीय रहेको छ।
कुकले अरबौं उपकरणहरू उत्पादन गर्न एक परिष्कृति ग्लोबल सप्लाई चेन बनाएका छन्, जसको भेला प्रायः चीनमा हुन्छ। ग्राहकलाई यसको इकोसिस्टममा लक गर्न यसबाट डिजाइन गरिन्छ र उनीहरूले केही वर्षमै नयाँ ग्याजेटहरू किन्छन् र एप्पलको डिजिटल सेवा प्रयोग गर्न मासिक शुल्क तिर्छन्।
एप्पलले यसको मुल्यांकन बढाउन र आफ्नो लगानीकर्तालाई नाफा दिन शक्तिशाली टुल पनि चलाएको छ, स्टक बायब्याक्स।
कम्पनीको मूल्य एक ट्रिलियन डलर पुगेपछि यसले एक सय ७५ दशमलव ६ विलियन डलर सेयरहोल्डर्सलाई फिर्ता गरेको थियो। जसमा एक सय ४१ विलियन डलर स्टक बायब्याक्स पनि थियो।