खोलामा बाढी आएपछि जोखिममा रहेका एक लाखभन्दा बढीमा मानिसको उद्धार गरिएको छ।
त्यहाँको १२०० वर्ष पुरानो विश्व सम्पदा क्षेत्र नै बाढीको चपेटामा परेको छ।
प्रहरी, स्वयंसेवक तथा कर्मचारीहरुले ७१ मिटर अग्लो बुद्धको लेसन विशाल मुर्ति जोगाउन बालुवाका थैलीहरुको प्रयोग गरेका छन्।
सिचुवान प्रान्तको यो क्षेत्र युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ। सन् १९४९ बाट यता पहिलोपटक हिलोसहितको बाढी आएको चिनियाँ सञ्चारमाध्यम सिसिटिभीले जनाएको छ।
बुधबारसम्म सिचुवानमा खतराको स्थिति कम भएको थियो तर पछि बुद्धको मुर्तिको खुट्टासम्म पानी सतह बढ्यो।
युनान प्रान्तमा पहिरोले घर बगाउँदा पाँच जना व्यक्ति वेपत्ता भएका छन्।
चीनमा यो वर्ष बाढीबाट दुई सयभन्दा बढीले ज्यान गुमाएका छन्, भने २५ बिलियन डलर बराबरको क्षती पुगेको छ।