• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाले हर्‍यो गरिबको उपचार, कोरोना त्रासका कारण रोग बोकेरै बस्न वाध्य

  • वीरगंज संजाल
  • ४ भाद्र २०७७, बिहीबार १२:०१
  • २८८९

    बीरगन्ज। कोरोनाका कारण आर्थिक अवस्था कमजोर भएकाको उपचारको साहारा बनेका चितवनका सरकारी अस्पतालका सेवा प्रभावित भएपछि बिरामी मर्कामा परेका छन् ।

    सङ्घीय अस्पताल भरतपुर अस्पताल र बिपी कोराइला मेमोरियल क्यान्सर अस्पतालको सेवा पाँच दिनदेखि प्रभावित छ । दुवै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र बिरामीमा कोरोना सङ्क्रमण भएपछि उनीहरुको सम्पर्कमा रहेका अन्य चिकित्सक, स्वास्थ्यकर्मी आइसोलेसनमा हुँदा सेवा प्रभावित भएको हो ।

    ती दुवै अस्पतालमा आकस्मिक बाहेकका सेवा दिइएको छैन । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, स्त्री तथा प्रसुती रोग विभागका प्रमुख डा. सुनिलमणि पोख्रेलसहित पाँच जना चिकित्सक, दुई जना नर्स र एक जना सहयोगी कर्मचारी सङ्क्रमित भएका छन् ।

    अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलकाअनुसार अहिले आकस्मिक बाहेकका सेवा बन्द छन् । उहाँका अनुसार ६०० शैंया भएको अस्पतालमा ९० प्रतिशत हाराहारी बिरामीले भरिने गर्दछन् । वहिरङ्ग सेवामा पनि दैनिक २ हजारसम्म बिरामी आउने गर्थे । उपचारका लागि चितवनसहित १९ जिल्लाका बिरामी आउने गरेको तथ्याङ्क छ ।

    सरकारी अस्पतालमा धेरैको उपचार निःशुल्क हुन्छ भने पैसा लाग्दा पनि न्यून लाग्ने गर्दछ । पौडेलका अनुसार चेपाङ, मुसहर, अल्पसंख्यक लगाएतका १२ वटा जातिले निःशुल्क उपचार पाउँछन् । सबै महिलालाई टिकट निःशुल्क छ । अस्पतालको सामाजिक सेवा एकाईमार्फत बृद्धबृद्धासँगै आर्थिक अवस्था निकै कमजोर भएकाले पनि उपचारमा छुट पाउँदै आएका थिए ।

    अस्पताल बन्द हुँदा सबैभन्दा बढी गर्भवती एवम् सुत्केरी गराउनुपर्ने प्रभावित भएका छन् । काठमाडौंको परोपकार प्रसुती गृहपछि धेरै सुत्केरी हुने अस्पताल भरतपुर अस्पताल हो । वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाका अनुसार सोही विभागका प्रमुख सङ्क्रमित भए पछि उनको सम्पर्कमा आएकै कारण आफू बाहेक सबै चिकित्सक र नर्सहरु आइसोलेशनमा रहेका छन् ।

    पहिलेनै भर्ना भएर सुत्केरी गराइएका ६ जना बिरामी मात्र विभागमा बाँकी छन् । सो विभागमा विशेषज्ञ र मेडिकल अधिकृत गरी २२ जना चिकित्सक कार्यरत छन् । सापकोटा यो मौसम सुत्केरी बढी हुने बताउँछन् । अस्पतालको सेवा सुचारु गर्दा दैनिक ५० जना हाराहारी गर्भवती आउने र ४० हाराहारी सुत्केरी हुने गरेको उनले बताए ।

    जसमध्ये २५ प्रतिशत हाराहारीको शल्यक्रिया गर्नु पर्छ । बच्चामा समस्या भएमा यही बाल सघन उपचार कक्ष पनि छ । सरकारी अस्पतालमा प्रसुती सेवा निःशुल्क हुन्छ । बााहिर निजीमा साधारण सुत्केरी हुँदा रु २० हजार हाराहारी र शल्यक्रिया गर्नुपर्दा रु ५० हजारभन्दा बढी खर्च हुन्छ ।

    बाल सघन उपचार कक्षमा एक दिनको सरकारीमा रु १ हजार लाग्दछ भने निजीमा दैनिक रु १० हजार हाराहारी खर्च हुन्छ । गरिबको उपचारको सहारा भरतपुर अस्पतालका ती सेवा तीन दिनदेखि बन्द भएपछि बिरामी प्रभावित भएका छन् ।

    आर्थिक अवस्था कमजोर भएकाको बिचल्ली भएको छ । अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट प्राडा. कृष्ण पौडेल कोरोना सङ्क्रमित तह १ का बिरामीका लागि बाहीर ५०० शैंयाको अस्पताल सञ्चालन गर्नु पर्ने बताउँछन् । तह दुई भरतपुर अस्पताललाई बनाएर तह तीन यहाँका मेडिकल कलेज बनाउनुपर्ने उनको भनाइ छ । जसले गर्दा भरतपुर अस्पतालले अन्य बिरामीलाई सेवा दिन सक्ने पौडेलको तर्क छ ।

    भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी निषेधाज्ञा पछि बहिरङ्ग सेवा सञ्चालनमा ल्याउने बताउँछन् । प्रसुती सेवा छिट्टै खुल्ने गरी तयारी गरिएको उनको भनाइ छ । आइसोलेशनमा रहेकाको नमूना परीक्षण गर्ने तयारी गरिएको छ ।

    यहाँ भदौ ५ गते सम्म निषेधाज्ञा जारी भएको छ । अधिकारीले भने, ‘हामी सकेसम्म चाँडो सेवा सुरु गर्ने तयारीमा छौं ।’ निजी क्षेत्र कारोना बिरामीको उपचारमा पन्छिन नहुने भन्दै उनले गरिबले उपचार पाउने भरतपुर अस्पताल पुरै कोरोना उपचारमा प्रयोग गर्न नसकिने बताए ।

    उता बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम अस्पतालका सात जना स्टाफ नर्स र तीन जना सरसफाइका कर्मचारी सङ्क्रमित भएपछि प्रभावित भएको सेवा सकेसम्म छिटो सुरु गर्ने बताउँछन् । आइसोलेशनमा बसेकाको स्वाब परीक्षणपछि अस्पताल चलाउने उनको भनाइ छ । क्यान्सर अस्पतालमा देशभर र भारतीय भूमीबाट बिरामी उपचारका लागि आउँछन् ।

    अस्पतालमा दैनिक ४०० बिरामी आउने गरेको गौतमले बताए । देशभरबाट दैनिक बिरामी लिएर ५० भन्दा बढि एम्बुलेन्स सो अस्पताल आउने गर्छन् । सरकारी अस्पताल भएकाले न्यून शुल्कमा त्यहाँ उपचार हुने भएपनि निजीमा महङ्गो शुल्क तिर्न बिरामी अहिले बाध्य भएका छन् ।
    रत्ननगर बकुलहर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु वगाले सङ्क्रमित भए पछि सो अस्पताल पनि प्रभावित छ । कोरोनाको प्रभाव सरकारीमा देखिएपछि निजीको भर पर्नुपर्दा बिरामी प्रभावित भएका हुन् ।

    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई सरकारीमा सेवा केही दिनका लागि मात्र प्रभावित भएको बताउँछन् । कोरोनाको उपचार निजीमा पनि कम्तीमा २० प्रतिशत शैंयामा गर्न पत्राचार गरिएको उनले बताए ।

    सरकारी अस्पतालमा पुरै कोभिड राख्दा अन्य बिरामी प्रभावित हुने भएकाले मेडिकल कलेज र निजीमा पनि कोभिडको उपचार हुने उनको भनाइ छ । अहिले सरकार, स्वास्थ्य संस्था सबै कोरोनामा केन्द्रित भएका कारण अन्य रोगको उपचार ओझेलमा परेको छ । यस्तै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु नै संक्रमित हुन थालेपछि सर्वसाधरणलाई उपचारका लागि जान समेत त्रासपूर्ण अवस्था छ ।नयाँ पेज

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑