• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रासायनिक मल खरीदमा कृषि मन्त्रालयकै बेवास्ता

  • वीरगंज संजाल
  • ४ भाद्र २०७७, बिहीबार ०८:५५
  • ३७१७

    बीरगन्ज। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल किन्ने जिम्मा पाएका सरकारी स्वामित्वका कम्पनीहरूलाई टेन्डरको स्वीकृति नदिँदा खरीद प्रक्रियामा ढिलाइ भएको छ ।

    मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीलाई चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा मल किन्नका लागि टेन्डर स्वीकृति नदिँदा यस्तो अवस्था आएको हो ।

    मन्त्रालयले यी दुवै कम्पनीलाई दोस्रो चौमासिकको मल किन्न साउन पहिलो साताभित्रै स्वीकृति दिइसक्नुपर्ने भए पनि हालसम्म स्वीकृति दिएको छैन । यसले गर्दा गहुँको सिजनका लागि ल्याउनुपर्ने मल खरीद प्रक्रियामा ढिलाइ हुने देखिएकाले त्यसबेला पनि मलको अभाव हुन सक्ने सरोकारवालाले बताएका छन् ।

    साल्ट ट्रेडिङ प्रवक्ता कुमारराज भण्डारीले चालू आवमा मल किन्न दोस्रो चौमासिकको टेन्डर खोल्ने स्वीकृति दिन मन्त्रालयले गरेको ढिलाइले खरीद प्रक्रियामै असर परिरहेको जानकारी दिए । ‘हामीले टेन्डर खोल्न मन्त्रालयसँग पटकपटक स्वीकृति माग्दा पनि मन्त्रालयले बेवास्ता गरिरहेको छ,’ उनले भने ।

    अनुदानको मल वितरणको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल खरीद गरी वितरण गर्दै आएका छन् । सोहीअनुरूप साल्ट ट्रेडिङले पहिलो चौमासिकअन्तर्गत चालू आवका लागि ३० हजार मेट्रिक टन युरिया, ४० हजार मेट्रिक टन डीएपी र ५ हजार मेट्रिक टन पोटास खरीदका निम्ति टेन्डर खोल्न स्वीकृति पाएको थियो । कम्पनीले ३० हजार मेट्रिक टन युरिया, २० हजार मेट्रिक टन डीएपी र ५ हजार मेट्रिक टन पोटासका लागि टेन्डर खोलिसकेर खरीद प्रक्रियामा छ ।

    साल्ट ट्रेडिङले दोस्रो चौमासिकमा डीएपी, युरिया र पोटास खरीदका लागि टेन्डर आह्वानको स्वीकृति पाउनुपर्नेमा कृषि मन्त्रालयले नै ढिलाइ गरिरहेको छ । कृषि सामग्रीले पनि हाल थप मल खरीदका लागि टेन्डरको स्वीकृति नपाएको कम्पनीका प्रमुख नेत्र भण्डारीले जानकारी दिए ।

    अभियानसँगको कुराकानीमा मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी आफूलाई यस विषयमा जानकारी नभएको भन्दै पन्छिए । तर, मन्त्रालयकै प्रवक्ता डा. हरिबहादुर केसीले अनुदानको मल व्यवस्थापन निर्देशिका स्वीकृत प्रक्रियाका कारण ढिलाइ भएको बताए । अर्को सातासम्म निर्देशिका राजपत्रमा प्रकाशित भएपछि मात्र साल्ट ट्रेडिङलाई स्वीकृति दिने प्रक्रिया अघि बढ्ने उनले दाबी गरे ।

    खरीदको झन्झटिलो प्रक्रियाकै कारण यति बेला किसानहरूले युरिया मलको अभाव भोगिरहेका छन् । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीका मल गोदामहरूमा पनि युरिया मलको मौज्दात सकिएको छ । अहिले डीएपी २९ हजार मेट्रिक टन र पोटास २५ सय मेट्रिक टन मौज्दात मात्र छ ।

    हाल देशभर ३० देखि ४० हजार मेट्रिक टन युरियाको माग भए पनि मौज्दात सकिएको कृषि मन्त्रालयका कृषि प्रसार अधिकृत अरूण जिसीले बताए ।

    उनका अनुसार हाल साल्ट ट्रेडिङले गत आवको थप बजेटबाट २१ हजार ५ सय मेट्रिक टन र चालू आवको बजेटबाट ११ हजार मेट्रिक टन युरिया ल्याउँदै छ । उक्त परिमाणमध्ये हालसम्म ३० मेट्रिक टन मात्रै वीरगञ्ज नाकामा आइपुगेको छ । चालू आवमा सरकारले रासायनिक मल खरीदका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । यो हालसम्मकै धेरै बजेट हो । बजेटअनुसार चालू आवमा सरकारले ५ लाख मेट्रिक टन मल खरीद गर्नेछ ।

    यसअघिका वर्षहरूमा ३ लाख मेट्रिक टन मल पनि समयमा खरीद गर्न नसकेको सरकारलाई यो वर्ष ५ लाख मेट्रिक टन मल खरीद गर्नुपर्ने चुनौती रहेको विज्ञहरू बताउँछन् ।

    कृषि सामग्री कम्पनीका प्रमुख नेत्र भण्डारी समयमा मलको सुनिश्चितता नहुनुमा खरीद नियमावलीमा नै कमजोरी रहेको बताउँछन् । ६ महीने टेन्डर प्रक्रियालाई छोट्ट्याएर ३ महीनामा सीमित गरिए मात्र सहज रूपमा किसानले मल पाउन सक्ने उनको दाबी छ ।

    समयमै मल खरीद गरी अभाव हुन नदिन खरीद प्रक्रियाका झन्झटिला प्रावधान हटाउनुपर्ने अर्थविद् केशव आचार्य बताउँछन् । ‘मन्त्रालयले नै टेन्डरका लागि स्वीकृति दिन ढिलाइ गरेर खरीद प्रक्रिया प्रभाव पार्नु उचित होइन,’ अर्थविद् आचार्यले भने ।प्रशान्त खड्का

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑