बीरगन्ज।रिहरपुरगढी गाउँपालिका ८ का २५ र ३८ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा जलेश्वर महादेवस्थान मन्दिरका पुजारी पक्राउ परेका छन् ।
गत शनिबार महादेवको पूजा गर्न जलेश्वर महादेवस्थान पुगेका उनीहरूलाई पुजारीले बलात्कार गरेको आरोप लगाएका छन् ।
घनाजंगलमा रहेको मन्दिर परिसर पुगेपछि कोरोना संक्रमणको जोखिम हुने भन्दै माझीले पालैपालो पूजा गर्न बोलाएर तन्त्रमन्त्र गरी बेहोस बनाएर जबर्जस्ती गरेको पीडितको आरोप छ ।
आरोपित माझी वडा नं ८ का निर्वाचित वडा सदस्य हुन् । प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले महिला माथि यौन दुर्व्यवहार गर्ने माझीलाई मुद्दा दर्ता गरी अनुसन्धानका लागि सात दिनको म्याद लिएको बताए । कान्तिपुर दैनिकमा खबर छ ।