बीरगन्ज। समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ४ गते बिहीवारबाट ८६ हजार कित्ता साधारण शेयर (आईपीओ) विक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता रू.१०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये कम्पनीले १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
बाँकी ८० हजार ७०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ ।
आईपीओ पश्चात संस्थापकतर्फ ५७ प्रतिशत र सर्वसाधारणतर्फ ४३ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । कम्पनीको जारी पूँजी रू. २ करोड रहेको छ । हाल संस्थापकहरुबाट चुक्ता भएको पूँजी रू. १ करोड १४ लाख रहेको छ ।