पर्सा जिल्लामा निषेधाज्ञा कै बेला तस्करी फस्टाएको देखिन्छ
वीरगंज संजाल
३ भाद्र २०७७, बुधबार २०:३४
५२३३
पर्सा | पर्सा जिल्लामा मा निषेधाज्ञा जारी भएको २५ दिन बितिसक्दा जन्ता ले राहत पाउन सकेको छैन । नत pcr को दायरा नै बढाएको छ ।
पर्सा जिल्लामा श्रावण ३२ देखि देखि भदौ १३ गत सम्म को लागि थप काडाई का साथ वीरगन्ज क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ भने सेना पनि परिचालन गरिएको छ । बजार बन्द हुँदा गरिव जन्ता र किसान मा बिचल्ली भएको छ भने, व्यपारी मार्का परेको छ ।
किसानले समयमा मलखाद , औषधि न पाउँदा चिन्तित भएका छन् । सरकारले समयमा मल, खाद उपलब्ध नगराएको, र भारत बाट तस्करी गरेर नेपाल भित्रिएका मल महँगो मुल्य मा आफु हरू किन्न बाध्य भएको बताएका छन् । भारतमा ५०० को बोरा पाउने मल , तस्कर ले २००० मा बेचिएको छ ।
सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी किसानलाई सिमा सिल छ भनेर मल खाद किन्न भारतीय बजार जान दिएकाले छैन भने तस्कर लाई लाईन नै खोलेको दिखिन्छ । यस बिषयलाई लिएर ग्रामीण क्षेत्र का किसन र प्रहरी बिच बेला बेला झडप पनि हुँदै आएको छ ।
सरकारले ले सिमा नाका कडाइ का साथ सिल गएको भन्ये ता पनि पर्सा जिल्ला को ग्रामिण क्षेत्रमा सो कुरा देख्न सकिएको छैन । वीरगन्ज का सहरी क्षेत्र आवागमन बन्द भनिएता पनि ग्रामीण नाका बन्द भएको देखिएको छ । एसले गर्दै झन् गोखिम बढ्ने सम्भावना देखिएको छ ।