वीरगन्ज। नोभेल कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित थपिएका हुन् ।
जसमा २१६ महिला र ४६५ पुरुष रहेका छन् । मंगलबार हालसम्मकै एकदिनमा सर्वाधिक एक हजार १६ कोरोना संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १२० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ७०० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६१ दशमलव प्रतिशत रहेको छ ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ११८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५२२ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख ५४ हजार ३८८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभर ७ हजार ८९७ आइसोलेसन र होम आइसोलेसनमा ३ हजार १३१ रहेका छन् । आजसम्म देशभर १३ हजार ५७१ जना क्वारेन्टिनमा रहेका छन् ।
कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् । संखुवासभा, मनाङ, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिन्छ । हालसम्म ६ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् । उनीहरु सबै वागमती प्रदेशका हुन् ।
शनिबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ४६८ कोरोना संक्रमित थपिएका थिए । त्यसैगरी १२४ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर गरिएको १२ हजार ३४७ पीसीआर परीक्षणमा ६४१ मा कोरोना पोजेटिभ देखिएको हो । आइतबार १३४ जना अस्पतालबाट डिस्चार्ज भएका थिए ।
११ हजार ५२ को पीसीआर परीक्षण गर्दा सोमबार ५८१ कोरोना संक्रमित थपिएका छन् भने १६० जना डिस्चार्ज भएका छन् । मंगलबार १३ हजार ४६१ को पीसीआर परीक्षण गर्दा एक हजार १६ कोरोना संक्रमित थपिएका थिए भने ८५ जना डिस्जार्ज भएका थिए । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।