सारा विश्वमा कोरोना भाइरसको महामारी व्याप्त छ ।
कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहिले सारा विश्वका वैज्ञानिकहरु लागि परिरहेका छन् । तर अहिलेसम्म पूर्ण सफलता भने हात पर्न सकेको छैन । यसैबीच मलेशियामा कोरोना भाइरसको नयाँ रुप देखा परेको छ ।
वैज्ञानिकहरुका अनुसार कोभिड १९ को स्वरुप पहिलाको भन्दा धेरै खतरनाक भएको छ । यो संक्रमण फैलिने खतरा १० गुणाले बढेको वैज्ञानिकहरुले बताएका छन् ।
यो भाइरसको नाम डी ६१४ जी रहेको छ ।
मलेशियाका डाक्टर जनरल अफ हेल्थ नूर हिशाम अब्दूल्लाहले यसको जानकारी फेसबुक पेजमा दिएका थिए ।
उनले भने, ‘संक्रमणका ४५ केस ३ उमेरसमूहमा देखिएको छ, पहिलो केस भारतबाट गएका एक व्यापारीमा देखिएको छ ।’
एजेन्सीको सहयोगमा