वीरगंज। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गइरहेको छ । हालसम्म दुवै संगठनका १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ |
नेपाल प्रहरीका ७२१ र सशस्त्र प्रहरीका ३२१ जना गरी १ हजार ४२ जनामा कोरोना पुष्टि भएको हो । नेपाल प्रहरीका कुल ७२१ मध्ये २६८ जना डिस्चार्ज भएका छन् भने हाल ४५३ जना सक्रिय संक्रमित छन् ।
जसमध्ये प्रहरी प्रधान कार्यालयकै १६८, काठमाडौं उपत्यकाका ३९, प्रदेश १ का २६, प्रदेश २ का ८३, वाग्मती प्रदेशका ४८, गण्डकी प्रदेशका २२, प्रदेश ५ का ५४, कर्णाली प्रदेशका ७ र सुदूरपश्चिम प्रदेशका ६ जना सक्रिय संक्रमित छन् ।
यसैगरी सशस्त्रका कुल ३२१ जना मध्ये १३८ जना डिस्चार्ज भएका छन् । हाल ४५३ जना सक्रिय संक्रमित छन् । जसमा प्रदेश १ का १०५, प्रदेश २ का ५३, वाग्मती प्रदेशका ७३, गण्डकी १, प्रदेश ५ का ४२ र कर्णाली प्रदेशका २९ र यूएन मिसनमा रहेका १८ जनामा कोरोना संक्रमण देखिएको छ ।