गण्डकी। गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विहान दिएको जानकारी अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका १२ जना छन् भने तनहुँका २ जना छन् ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १७७९ पुगेको छ ।चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१ का एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ भने वडा नं ७ का एक पुरुष र एक महिला तथा वडा नं ५ की एकजना महिलामा संक्रमण देखिएको छ ।
यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासी पुर्वकै कावासोती नगरपालिका २ का चारजना पुरुष तथा कावासोती-३ का दुईजना पुरुषमा संक्रमण देखिएको छ ।
हुप्सेकोटका एकजना पुरुष र देवचुलीका एकजना पुरुषमा पनि संक्रमण देखिएको छ ।त्यसैगरी तनहुँको व्यास नगरपालिका वडा नं ३ का ३८ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिका वडा नं ४ का २९ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको छ ।
संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।